Thursday, March 9, 2017

सुजाता भन्छिन्- सप्तरी घटनाको जिम्मेवार सरकार, एमालेले कार्यक्रम गर्न पाउनुपर्छ

भक्तपुर, २६ फागुन । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राष्ट्रिय सहमतिबिना स्थानीय निर्वाचन सम्भव नभएको बताउनुभएको छ । रफत सञ्चार क्लवमा विहिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सबै दलको सहमति नभई घोषणा गरिएको निर्वाचन सम्भव नभएको बताउनुभयो ।

‘तीन दल मिल्नुको विकल्प छैन’, उहाँले भन्नुभयो, ‘सबै दल मिलेर चुनावमा जानुपर्छ । दलहरुबीचको मतभेदका कारण समस्या आएकाले राष्ट्र कमजोर भएको हो ।’ उहाँले सबैभन्दा ठूलो राष्ट्र भएकाले राष्ट्र कमजोर बनाएर कोही पनि माथि पुग्न नसक्ने बताउनुभयो ।

दलहरुबीच बारम्बार झगडा गर्ने, समस्या ल्याउने र कुनै न कुनै बहानामा झगडा बनाइराख्ने कारण नेपालको अन्तर्राष्ट्रिय बदनाम भएको उहाँले बताउनुभयो । सबैले संमयता र धैयता गरेर निर्वाचनमा जानुपर्नेमा उहाँको जोड छ ।

मधेशी मोर्चाको संविधान संशोधनको मागलाई कही कतै संमावेश गर्न आवश्यक भएपनि पूर्ण रुपमा सबै कुरा एकैचोटी संविधानमा समावेश गर्न नसकिने बताउनुभयो । उहाँले मधेशी मोर्चाबिना निर्वाचनमा गए अशान्त हुने बताउँदै मधेशमा रक्तपात हुने बताउनुभयो । मधेशी मोर्चालाई समेटेर मात्र निर्वाचनमा जानुपर्नेमा जोड दिर्दै उहाँले मधेशी मोर्चाबिनाको निर्वाचन सम्भव नभएको बताउनुभयो ।

उहाँले सप्तरी काण्ड घट्नुको मुख्य कारण सरकारको कमजोर सुरक्षा नीतिकै कारण भएको बताउँदै सरकारको बच्चापनले यस्तो समस्या आएको उल्लेख गर्नुभयो । कुनै पनि पार्टीले शान्तिपूर्ण सभा समारोह गर्न पाउने बताउँदै उहाँले एमालेका नेता कार्यकर्तालाई कांग्रेसका कार्यकर्ताले संरक्षण गरेर जोगाएको दावी गर्नुभयो । सप्तरी काण्डले नेपालको अन्तर्राष्टिय क्षेत्रमा बदनामी भएको बताउँदै आगामी दिनमा यस्ता घटना घट्न दिन नहुने बताउनुभयो ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी कोइरालाले नेपाल अहिलेसम्मकै कुटनीतिमा कमजोर भएको बताउनुभयो । राष्ट्रिय राजनीतिमा कुनै पनि पार्टीमा छलफल हुन नगरेको बताउँदै उहाँले कांग्रेसमा समेत छलफलको अभाव हुने गरेकोे बताउनुभयो ।

उहाँले तत्काल सरकार परिवर्तनले कुनै निकास नदिने बताउनुभयो । सरकार गठन विघटनभन्दा राष्ट्रिय राजनीतिको समस्या हल गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले कोही पनि ब्यक्तिगत स्वार्थमा नलागी राष्ट्रको विषयमा सोच्नुपर्ने बताउनुभयो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment