Tuesday, February 14, 2017

एनसेलमा आज रातिदेखि फेसबुक निःशुल्क चल्ने

काठमाडौं, ३ फागुन । निजी क्षेत्रको दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले फेसबुक सेवालाई मंगलबार (आज)रातिदेखि निःशुल्क बनाएको छ ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा सुरु गर्न लागेको जानकारी दिएको हो । उक्त सहकार्यसँगै अब एनसेलबाट फेसबुक चलाउन निःशुल्क हुने भएको हो ।

‘सबैका लागि इन्टरनेट’ अभियान अन्तर्गत फेसबुक सेवालाई निःशुल्क गरेको बताएको एनसेलका अनुसार अब फेसबुक लगइन गरेर फोटो अपलोड, लाइक, कमेन्ट, शेयरका साथै स्टाटस पोष्ट गर्न पैसा लाग्दैन ।

उक्त सुविधाहरु निःशुल्क गरिएको भएपनि फेसबुक निःशुल्क सेवामा अरुले अपलोड गरेका तस्वीरहरु हेर्न र म्यासेन्जर प्रयोग गर्न भने डाटाको प्रयोग गर्नुपर्ने एनसेलले जनाएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment