Thursday, February 16, 2017

तपाईलाई थाहा छ, बिहान १० मिनेट खाली खुट्टा हिड्दा के हुन्छ?

आयुर्वेद तथा आधुनिक चिकित्सा विज्ञान दवै पद्धतीमा घाँस वा चउरमा खाली खुट्टा हिड्नु स्वास्थ्यका लागि फाइदाजनक बताइएको छ । विहान १० मिनेट मात्रै हिड्नाले पनि स्वास्थ्यलाई निकै फाइदा पुग्छ । जान्नुहोस्, यस्तो क्रियाकलापले कसरी फाइदा पुर्याउँछ स्वास्थ्यलाई ?


– घासे मैदानमा खाली खुट्टा हिड्नाले खुट्टालाई हावा र अक्सिजन मिल्छ र पैतालामा रक्त सञ्चार राम्ररी हुन थाल्छ ।

– घास र पतिंगरमा हिड्दा एक्युप्रेसर व्यायाम हुन्छ । शरीरका सम्पूर्ण भागमा यसले फाइदा पुर्याउँछ ।

– प्रत्येक विहान खाली खुट्टा चउरमा हिड्दा ब्लड पेसर सामान्य रहने, माइग्रेनको समस्या ठिक हुने र दृष्टि पनि बलियो हुँदै जान्छ ।

– त्यस्तै, यस्तो व्यायामले तनाव र चिन्ता कम हुन्छ ।

– दिनभरि जुत्ता चप्पल लगाउनाले खुट्टा चिलाउने, सुन्निने, दुख्ने हुन्छ । यस्ता खुट्टासम्बन्धि समस्यालाई पनि टाढा भगाउँछ ।

– विहान यो काम गरेमा दिनभरि ताजापन रहने र रातमा राम्रो निन्दा पर्ने हुन्छ ।

– पृथ्वी र खुट्टाको प्रत्यक्ष सम्पर्क भई शरीरलाई सकारात्मक शक्त प्रदान गर्छ ।

– विहानको घामको किरणसँग शरीरको सम्पर्क हुन्छ, र हड्डि बलियो हुन्छ ।

– शरीरलाई अक्सिजन मिल्छ, मधुमेह र हृदय सम्बन्धी समस्यालाई पनि कम गर्छ ।

– ओसिलो घाँसमाथि हिड्नाले रोग प्रतिरक्षा प्रणाली बलियो हुन्छ । बाट लाग्ने रुघा खोकी जस्ता समस्याबाट बच्न सकिन्छ ।




Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment