|
|
RIRS अर्थात् Retrograde Intra-Renal Surgery एउटा यस्तो प्रविधि हो जुन प्रविधिबाट मृगौलामा भएको पत्थरीलाई नचिरिकन र नफुटाइकन निकाल्ने काम हुन्छ । विर अस्पताल सबैको पहुँचमा भएको अस्पताल भएको कारण यहाँ यो प्रविधि हुनु सबैको हितको लागी भएको कुरा युरो सर्जन डा.अनिल श्रेष्ठ बताउँछन् ।
मृगौलामा पत्थरी भएर कतिले मृगौला नै गुमाएका छन् । चिर्ने र प्वाल पार्ने प्रविधि यस अघि नै आए पनि यो नयाँ प्रविधि भने भर्खरै मात्र आएको दाबि गर्छन् डा.अनिल ।
मिर्गौलाको पत्थरी झिक्ने विभिन्न पद्धतीमध्ये आरआईआरएस सबैभन्दा पछिल्लो र प्रभावकारी मानिन्छ । यो पद्धतीबाट शल्यक्रिया गर्दा न बिरामीको पेट चिर्नुपर्छ न त प्वाल नै पार्नुपर्छ ।
मिर्गौलाको पत्थरी झिक्ने यो पद्धती संसारकै सबैभन्दा ‘लेटेष्ट’ भएको बताउँछन् युरो सर्जन डा. अनिल। विकसित देशमा पनि यो पद्धती आएको केही बर्ष भएपनि चर्चा पाएको धेरै नभएको भन्दै नेपालमा पनि यो प्रविधि भित्रिएको धेरै नभएको बताए । ‘केही निजी अस्पतालले यो प्रविधि भित्रयाएका छन् तर आम सर्वसाधारणको पहुँचमा छैन । अर्थात खर्चको हिसावले महंगो छ । तर बीरले सर्वसाधारणलाई लक्षित गरी निकै सस्तोमा यो सेवा सुरु गरेको बताउँछन् डा.अनिल यदी सरकारले सर्वसाधरण जनतालाई यो सेवा निशुल्क गर्देमा आफु सेवा गर्न सधैव तयार रहेको बताए ।
उनले यो पद्धती अत्यन्त मंहगो भएपनि आम सर्वसाधारणको पहुँचमा पुरयाउन अत्यन्तै न्युन शुल्क लिएको बताए । हाल विर अस्पतालमा शल्यक्रिया खर्च भनेर २० हजार लिने गरेको छ ।
सबै नेता मन्त्रिहरुलाई अब विदेशमा गएर खर्चिलो उपचार गराउनु नपर्ने निर्धक्क भएर उपचार लिन विर अस्पतालमा आउन समेत आग्रह गरेका छन् यूरो सर्जनले । जुन सेवाको लागि विदेश धाउने हो त्यही गुणस्तरीय स्वास्थ्य सेवा आफुले दिदै आएको बताउछन् डा. अनिल श्रेष्ठ ।
अहिले हप्तामा तिन दिन यो सेवा विर अस्पतालमा भइरहेको छ र हालसम्म गरिएका सबै शल्यक्रिया सफल भएको बताउँछन् युरो सर्जन डा. अनिल ।
न्युरो सर्जन डा श्रेष्ठले यो पद्धतीबाट १५ एमएम सम्मको पत्थरी झिक्न मिल्ने बताए ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment