Thursday, February 16, 2017

बाडुली आउनु सम्झना होइन्, समस्या

आम मानिसमा कुनै न कुनै समयमा भएको वा हुनसक्ने समस्या हो बाडुली । नेपाली समाजमा बाडुली लाग्नुलाई कसैले सम्झिएको संकेत भन्ने चलन छ । तर, बाडुली कसैले सम्झिएर हैन कि श्वासप्रश्वास नलीमा केही गडबढी भएको अवस्थामा उत्पन्न हुने लक्षण हो । सामान्यतः श्वासनली साँगुरो भई बाहिर आउने श्वास रोकिएको अवस्थामा बाडुली लाग्छ । अर्कोतिर पेटमा हावा भरियो भने वा मस्तिष्कका धमनीमा केही गडबडी भएमा पनि बाडुली लाग्न सक्छ । ज्वरो आईरहने वा मृगौलामा कुनै गडबडी वा पुरानो रोग भएमा र पानीको कमीका कारण पनि बाडुली लाग्छ । बाडुली लामो समयसम्म लागेमा चिकित्सकको सल्लाह लिनु पर्दछ । सामान्य अवस्थामा बाडुली लाग्यो भने निम्नानुसारको घरेलु उपचार गर्न सकिन्छ ।


घरेलु उपचार
एक/एक भाग अमला, सुठो र पिपलको धुलोमा तीन भाग खाँड मिसाएर आधा चम्चा महसँग चाट्ने र केराको जराको रसमा थोरै मिस्री मिलाएर पिउने

अलैँची पिसेर मिस्रीको चास्नीमा राखेर चाट्ने

एक लिटर उमालेको पानीमा एक तोला रायो मिलाउने र तैरिन दिने, रायो पिँधमा बसेपछि पानी पिउने

हरियो पुदिना एक कचौरा पानीमा पिसेर थोरै मिस्री मिलाई छानेर पिउने

तातो दुधमा गाईको घिउ राखेर पिउने

कागतीको रसमा मह र बिरेनून मिसाई खाने । ताजा अदुवा चुसिरहने ।

प्राणायाम, व्यायाम प्रशस्त गर्ने ।

–एजेन्सी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment