Saturday, February 25, 2017

साधारण रोगलाई घरमै बसेर कसरी उपचार गर्ने?

धेरैजसोको सोच के हुन्छ भन्दा ‘डाक्टर नै भगवान हो’, ‘डाक्टरको औषधी सञ्जीवनी हुन्छ’ अनि ‘डाक्टरको सहायताबिना कुनै रोग सञ्चो हुँदैन’। त्यस्तो सोच्नेमध्येमा तपाईँ पनि पर्नुहुन्छ भने आजबाट त्यो सोचलाई परिवर्तन गर्नु जरुरी छ, किनभने डाक्टरले त केवल समस्यालाई बुझेर त्यसलाई हल गर्ने मात्रै गर्छन्। तपाईँको भगवान भनेको तपाईँ स्वयं हुनुहुन्छ।

पत्याउनुभएन? यदि त्यसो हो भने, तपाईँलाई साधारण बिरामी पर्दा घरमै बसेर यी कुराहरू गर्नुहोस् त अनि तपाईँलाई हस्पिटल जान पर्ने जरुरी नै पर्दैन।

१. साधारण रुघा

लसुनको सुप बनाएर खाने गर्नाले घाँटीको खसखस कम गर्दछ।
हरेक दिन कागती पानी पिउनाले शरीरको प्रतिरक्षा प्रणाली बलियो गराउँदछ।
प्याँजको जुस पिउनाले पनि रुघा सञ्चो गराउँदछ।
दिनमा कम्तीमा पनि २ लिटर सफा पानी खाने गर्नुहोस्।

२. साधारण खोकी

तुलसीको पात र अदुवा सुख्खा खोकीको लागि अचुक जडीबुटि हो। तुलसीको पात यत्तिकै पनि चपाएर खाँदा खोकीको दुखाइ कम गराउँदछ।
एक गिलास पानीमा थोरै अदुवा र २ वटा ल्वाङ्ग राख्ने अनि ५ मिनेट उमालेर पिउनाले राति सुत्दा सहज हुन्छ।
अङ्गुरले पनि खोकीलाई सञ्चो गराउन मद्दत पुर्याउँदछ।
तातो नुन पानीले घाँटी सफा गर्नाले खोक्दा भएको घाउलाई निको पार्दछ।
तातो पानीमा बाफ लिनुहोस् र नुहाउँदा हलुका तातो पानीले नुहाउनुहोस्।

३. ज्वरो

ज्वरो आउँदा चिल्लो,पिरो र मसला कम भएको सुप खाँदा राहत मिल्दछ।
हरेक २ घण्टामा शरीरलाई चिसो पानीपट्टी लगाएर तातोपना कम गराउन सकिन्छ।
नियमित रूपमा शरीरको तापक्रम नापेर ज्वरोलाई नियन्त्रण गर्न सकिन्छ।
सुन्तलाले पनि ज्वरोलाई कम गराउन मद्दत पुर्याउँदछ।
एक चोटिमा एक गिलास दूध खानुहोस्, दूधले शरीरमा भएको ब्याक्टेरियाहरूसँग लड्ने शक्ति प्रदान गर्दछ।
ज्वरो आउँदा चकलेट अनि गेडागुडी नखानुहोस्।

४. गानो गएमा

धेरै गह्रौँ वस्तु उचाल्दा अथवा धेरै समयसम्म भोकै बस्दा पेट दुख्ने गर्दछ, जसलाई नेपालीमा ‘गानो गएको’ भनिन्छ। यो दुई प्रकारको हुन्छ, माथिल्लो गानो र तल्लो गानो। धेरै भोको बस्यो भने तल्लो गानो जान्छ र यो हुँदा पेट दुखेर झाडापखाला लाग्न सक्छ। अनि आफूले सक्ने भन्दा गह्रौँ वस्तु उचाल्दा माथिल्लो गानो जान्छ र यो हुँदा पेट दुखेर वान्ता हुने हुन्छ। यदि तपाईँलाई पनि गानो गएको छ भने यी कुराहरू गर्नुहोस्।

एक गिलास तातो पानीमा एक चिम्टि बेसार राखेर पिउनुहोस् र एकछिन आराम गर्नुहोस्।
गानो जाँदा खान मन हुँदैन तर खान मन भएन भन्दैमा खान छोड्नुहुँदैन।
केहि कुरा खाने बित्तिकै सुत्ने काम नगर्नुहोस्, त्यसरी सुत्ने बित्तिकै अपच हुने समस्या हुन्छ।
सफा पानी सकेसम्म पिउनुहोस्।
५. टाउको दुख्दा


धेरै थकानको कारण, धेरै चिन्ताको कारण, आँखा कमजोर हुँदा र धेरै समय भोकै बस्दा टाउको दुख्ने समस्या हुन्छ। त्यसैले टाउको दुखाइको कारणको विचार गरेर यसको उपचार गर्न सकिन्छ। धेरैजसोको बानी के हुन्छ भन्दा टाउको दुख्ने बित्तिकै सिटामोल खाने हुन्छ। तर धेरै सिटामोल खानाले तपाईँको मृगौलामा समस्या आउन सक्छ, त्यसैले टाउको दुख्दा यसो गर्नुहोस्।

पातलो रुमालले टाउकोलाई हलुका बाँध्नुहोस् र कोल्टो परेर एकछिन सुत्नुहोस्।
तातो पानीमा तुलसी राखेर बाफ लिने र पिउने गर्नाले पनि टाउको दुखेको कम हुन्छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment