|
|
आजभोली मानिसहरू पानमा तम्बाकू, चूना, सुपारी, गुल तथा अन्य कैयौँ नशालु पदार्थहरू हालेर खाने गर्छन्। तर यसले पानको गुणलाई पूर्णरूपमा नष्ट गरी बेफाइदा मात्र दिने गर्दछ। त्यसैले मीठा पान अथवा त्यसको साथ ल्वाङ्ग र इलाइची राखेर सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ।
प्राय जसो मानिसहरू साथी भाइसँग बाटोमा हिँड्दा रमाइलोको लागि अनि कसैले ‘चाखौँ न त’ भन्ने धारणाले पान चपाउने गर्छन्। तर यो पनि जान्नु आवश्यक हुन्छ कि पानमा क्याल्सियम र एण्टिअक्सिडेण्ट लगायत अन्य कैयौँ स्वास्थ्यवर्द्धक पदार्थहरू पाइन्छन्, जसले हाम्रो स्वास्थ्य समस्याहरूलाई समाधान गर्न मद्दत गर्दछ।
त्यसैले जानौँ पान (मीठा पान) खानुका स्वास्थ्य फाइदाहरू:-
१. स्वस्थ छाला– पानको पातमा एण्टिअक्सिडेण्ट भरपूर मात्रामा पाइन्छ, त्यसैले दैनिक पानको सेवन गर्नाले उमेरको असर र छालाको समस्यालाई कम गर्दै लैजान्छ।
२. पाचनप्रक्रियामा सुधार– खाना खाइसकेको आधा घण्टापछि पान खानाले राल बनाउने ग्रन्थि (Salivary Gland) सक्रिय हुन्छ र खाना पचाउनमा मद्दत गर्दछ।
३. कब्जियतबाट राहत– आधा भाग कागतीको रसमा पानको पातको रस मिसाएर पिउनाले कब्जियतको पीडाबाट तुरुन्तै छुट्कारा पाउन सकिन्छ।
४. गिँजाको दुखाई– पानको एण्टिब्याक्टेरियल गुणले गिँजाको दुखाईबाट राहत दिई दाँतमा लागेको कीरालाई समेत नष्ट गर्न मद्दत गर्दछ।
५. माइग्रेन (टाउकोको अधिक दुखाई)– टाउको दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने पान चपाउने गर्नुहोस्। अथवा पानको पातलाई पिसेर त्यसको लेदो टाउकोमा लगाउनुहोस् र सुकिसकेपछि चिसो पानीले पखाल्नुहोस्। यसले टाउकोको दुखाईबाट राहत प्रदान गर्दछ।
६. घाँटीमा कम जमेको– एक चम्चा महमा एक चम्चा पानको रस मिसाएर पिउनाले घाँटीमा जमेको कफलाई हटाउन मद्दत पुग्दछ।
७. खोकीबाट राहत– पानको पातमा ल्वाङ्ग राखेर चपाउनाले खोकीको खसखसबाट आराम पाउन सकिन्छ।
८. छालाको मुसो– शरीरको कुनै पनि भागको छालामा आएको मुसोको टुक्रामा पानको रस दैनिक लगाउनाले बिस्तारै त्यो मुसो हराउँदै जान्छ।
९. मधुमेह– पानको पातमा एण्टि-डायबेटिक विशेषता हुन्छ, जसले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment