Wednesday, February 15, 2017

नङ चपाउने बानी आजैदेखि छोड्नुस्, स्वास्थ्यका लागि खतरा


काठमाडौं । कुनै मानिसको औंला मुखमा राखेर नङ चपाउने बानी हुने गर्छ । खाली समयमा प्रायः मानिस यस्तो गर्छन् । कुनै तनाव भएमा पनि मानिसले नङ चपाउने काम गर्छन् ।

यस्तो कार्य स्वास्थ्यको लागि निकै हानिकारक हुने चिकित्सकहरुले बताएका छन् । नङ भित्र आँखाले देख्न नसक्ने साना–साना फोहोरहरु मुखको माध्यमबाट सिधै पेटमा जाने र विभिन्न किसिमका रोगहरु लाग्न सक्छ ।

बाह्य संक्रमणले मानिसले छिटै विरामी हुन सक्छ । यस्तो कार्यले शारीरको भित्री भागमा मात्रै नभई बाह्य छालालाई पनि असर पुग्ने देखिएको छ ।

नङ चपाउने बानीले त्यो वरपरको छाला गलेर नरम बन्छ र बाह्य किटाणुले सजिलै संक्रमण गर्न सक्छन् । त्यस्तै दाँत र गिँजामा पनि संक्रमण हुने खतरा बढ्नछ । नङ चपाउने बानीले व्यक्तिको आत्माविश्वास पनि कम भएको बुझिन्छ ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment