Wednesday, February 15, 2017

एमाले पोलिट्ब्युरो बैठकले आज के-के निर्णय गर्यो ? (विज्ञप्तिसहित)

काठमाडौं, ४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ०७४ सालको माघ ७ गते अगाडि सबै तहको निर्वाचन गर्न सरकारसँग जोडदार रुपमा माग गरेको छ ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा आज बसेको पोलिट्ब्युरोको बैठकमा अध्यक्ष केपी ओलीले पेस गरेको प्रतिवेदनमा स्थानीय तह, प्रदेश र संसदको चुनाव माघ ७ गते अगाडि गर्न प्रस्ताव गरिएको हो ।

बैठकमा अध्यक्ष ओलीले नेपाली जनताको लामो संघर्षको परिणामस्वरुप सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट लोकतान्त्रिक विधि र प्रक्रियाका आधारमा जारी भएको संविधानको रक्षा गर्नु, सम्बद्र्धन गर्नु र त्यसको कार्यान्वयन गर्नु यतिबेला राष्ट्र र एमालेको ऐतिहासिक कार्यभार रहेको बताए ।

‘संविधानले समेत निर्दिष्ट गरे मुताविक २०७४ माघ ७ गते अगाडि नै जनप्रतिनिधिमूलक निकायहरु निर्वाचनको माध्यमबाट गठन गर्नु अनिवार्य छ’, ओलीले भने, ‘स्थानीय तह र केन्द्रीय तहका निर्वाचनका मितिहरु अविलम्ब घोषणा गर्न, त्यसका लागि कानूनी तथा राजनीतिक वातावरण निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी समृद्धिको दिशामा अगाडि बढ्न निर्धारित समय अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प छैन ।’

आजको बैठकमा समसामयिक परिस्थिति, पार्टीको संगठनात्मक अवस्था, पार्टीका तात्कालिक कार्यभारहरु लगायतका विषयहरु समेटिएको राजनीतिक प्रतिवेदन अध्यक्ष ओलीले प्रस्तुत गरेका छन् । १० पेज लामो उक्त प्रतिवेदन पोलिट्ब्युरो सदस्यहरूले अध्ययन गरी बिहीबारको बैठकमा राय, सुझाव तथा धारणाहरू प्रस्तुत गर्ने छन् ।

यस्तो छ एमालेद्धारा प्रेस वक्तव्य (जस्ताको तस्तै)
नेकपा (एमाले) पोलिट्ब्युरोको बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ । बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले संक्षिप्त मन्तव्य व्यक्त गर्नुभयो । सो क्रममा नेपाली जनताको लामो संघर्षको परिणामस्वरुप सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट लोकतान्त्रिक विधि र प्रक्रियाका आधारमा जारी भएको नेपालको संविधानको रक्षा गर्नु, सम्बद्र्धन गर्नु र त्यसको कार्यान्वयन गर्नु यतिबेला नेपाल राष्ट्र र नेकपा (एमाले)को ऐतिहासिक कार्यभार रहेको कुरामा जोड दिनुभयो । संविधानले समेत निर्दिष्ट गरे मुताविक २०७४ माघ ७ गते अगाडि नै जनप्रतिनिधिमूलक निकायहरु निर्वाचनको माध्यमबाट गठन गर्नु अनिवार्य रहेको कुरामा जोड दिंदै स्थानीय तह र केन्द्रीय तहका निर्वाचनका मितिहरु अविलम्ब घोषणा गर्न, त्यसका लागि कानुनी तथा राजनीतिक वातावरण निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभयो । मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी समृद्धिको दिशामा अगाडि बढ्न निर्धारित समय अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प नरहेको कुरामा अध्यक्ष कमरेडले जोड दिनुभयो ।

आजको बैठकमा समसामयिक परिस्थिति, पार्टीको संगठनात्मक अवस्था, पार्टीका तात्कालिक कार्यभारहरु लगायतका विषयहरु समेटिएको राजनीतिक प्रतिवेदन अध्यक्ष कमरेड केपी शर्मा ओलीले बैठकसमक्ष प्रस्तुत गर्नुभयो । १० पेज लामो उक्त प्रतिवेदन पोलिट्ब्युरो सदस्य कमरेडहरुले अध्ययन गरी भोलिको बैठकमा राय, सुझाव तथा धारणाहरु प्रस्तुत गर्नुहुनेछ ।

आज डडेल्धुराको भागेश्वरबाट सदरमुकामतर्फ जाँदै गरेको से.१ज ८३३ नं. को यात्रुबाहक जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै बैठकले मृतकहरुप्रति श्रद्धाञ्जलि, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकमा पार्टी स्थायी समितिद्वारा पारित यही फागुन २१ देखि सञ्चालन हुने मेची–महाकाली राष्ट्रिय अभियानसम्बन्धी कार्ययोजनाहरु सचिवालय सचिव कमरेड प्रदीप ज्ञवालीले बैठकसमक्ष प्रस्तुत गर्नुभएको छ । आजै यही फागुन १४ गते देशभरिका क्याम्पसहरुमा हुने स्वतन्त्र विद्यार्थीहरुको निर्वाचन र त्यसमा पार्टीको तर्फबाट खेल्नुपर्ने भूमिकाको बारेमा सचिव कमरेड योगेश भट्टराईले बैठकसमक्ष प्रस्तुत गर्नुभयो । बैठकले पोलिट्ब्युरो बैठकका लागि निम्न कार्यसूचीहरु तय गरेको छ:

१. अध्यक्षको प्रतिवेदन प्रस्तुत, छलफल र पारित गर्ने ।
२. मेची–महाकाली राष्ट्रिय अभियान
३. स्थानीय तहसहित सबै तहको निर्वाचन सम्बन्धमा ।
४. स्ववियु निर्वाचन सम्बन्धमा ।
५. विविध

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment