Wednesday, February 15, 2017

मिठो खानेकुरा र विलासी जीवनशैलीले क्यान्सर रोग


काठमाडौं, २ फागुन । मिठो खाना र विलासी जीवनशैलीले नै क्यान्सर निम्त्याउने गरेको उल्लेख गर्दै त्यसप्रति सचेत रहन विज्ञहरूले सुझाव दिएका छन्।

भुटेको, तारेको, बट्टामा बन्द गरिएको, जंक फुड, जाँडरक्सी, सुर्तीजन्य पदार्थ सेवन र शारीरिक अभ्यास नगर्नेहरू क्यान्सरबाट बढी ग्रसित हुने भन्दै विज्ञहरूले सचेत रहन सुझाए।

नेपाल क्यान्सर केयर फाउन्डेसनकी अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरेले मिठो खाने रहरमा स्वस्थ खाना बेवास्ता गर्ने र पसिना बगाउन अल्छी गर्ने मानिस क्यान्सरको भयावह अवस्थाबाट गुज्रिनुपरेको बताइन्।

‘क्यान्सरको उपचार शतप्रतिशत सफल हुन्छ भन्ने कुनै आधार छैन’, उनले भनिन्, ‘त्यही भएर जीवनको सुरु बाटै क्यान्सरदेखि सचेत रहनुपर्छ। के खाँदा र गर्दा राम्रो हुन्छ त्यसतर्फ लाग्नुपर्छ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार छानिएका स्वस्थ एवं सन्तुलित भोजन खाने र धूमपानबाट मुक्त भए ३० देखि ४० प्रतिशतसम्म क्यान्सरको खतरा घटाउन सकिने अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

‘३० मिनेटको शारीरिक अभ्यासले स्तन, पेट, कोलोनलगायत धेरै क्यान्सरबाट बच्न सकिन्छ’, घिमिरेले भनिन्, ‘मोटो मानिसलाई पेट, पाठेघर, पित्तथैली, प्रोस्टेटलगायत क्यान्सर हुने सम्भावना बढी हुन्छ। त्यसलै मोटोपन घटाउनुपर्छ।’

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालले जंक फुड र सुर्तीजन्य पदार्थ त्यागेर शाकाहारी हुन सके पनि क्यान्सरबाट बचिने बताए।

‘गेडागुडी, आलु, रोटी, दालभात, तरकारीको साथै प्रशस्त सागपात र फलफूल खानुपर्छस’, उनले भने, ‘सकेसम्म मासु नखाने, खाए पनि रातो मासु कम खानु राम्रो हो।’

उनका अनुसार क्यान्सरबाट बच्न भिटामिन, खनिज पदार्थ र रेसायुक्त हुने फलफूल र सागपात हरेक दिन कम्तीमा चार सय ग्राम खानुपर्छ।

बासी, पोलेका, डढेका खाद्यपदार्थ र मासुको सट्टा खाद्यपदार्थ कम तापक्रममा उसिनेर वा पकाएर खानु उत्तम हुने बरालको भनाइ छ।

बरालले धेरै बोसो खाँदा स्तन, ठूलो आन्द्रा, प्रोस्टेटको र धेरै नुन खाँदा पेटको क्यान्सर हुने सम्भावना भएकाले त्यसबाट बच्नुपर्ने बताए।

उनका अनुसार ढुसी परेका, पुराना अचार र बासी खानेकुरा पनि क्यान्सरका कारक तत्त्व हुन्।

क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनीकुमार झा बढी जाँडरक्सीले मुख, घाँटी, कलेजो, स्तनलगायत थुप्रै क्यान्सरको खतरा बढी हुने भएकाले त्यसबाटै टाढै रहन सुझाव दिन्छन्।

उनले भने, ‘त्यसैले धूमपान एवं खैनी, गुट्खा, पान, सुपारी तथा तमाखु सेवन गर्नु हुँदैन। सुर्तीजन्य पदार्थले श्वासनली, फोक्सोलगायत दुई तिहाइ जति क्यान्सर लाग्छ।’

डब्लूएचओका अनुसार विश्वमा बर्सेनि एक करोड २० लाख मानिसमा क्यान्सर देखा पर्छ। बर्सेनि ७६ लाखभन्दा बढी मानिसको क्यान्सरले ज्यान जान्छ।

तथ्यांकअनुसार पुरुषलाई फोक्सो, आमाशय, कलेजो, ठूलो आन्द्रा, मलासय, आहार नलीको क्यान्सर बढी देखिने गरेको छ भने महिलामा स्तन, फोक्सो, आमाशय, ठूलो आन्द्रा, गर्भाशय, मुखको क्यान्सर बढी देखिने गरेको छ।

विज्ञहरूस्वस्थ जीवनशैली अपनाउँदाअपनाउँदै पनि लामो समय खोकी लाग्नु, रजस्वला बन्द भएपछि पनि रगतको टाटो आउनु, कुनै घाउ निको नहुनु, पिसाब गर्दा असजिलो हुनु आदि समस्या देखिए तुरुन्त चिकित्सकको सल्लाह लिन सकेमा क्यान्सर उपचारमा सफलता मिल्ने बताउँछन्।

यस्तै मुखमा बिना दुखाइको घाउ आएमा वा नदुख्ने गाँठागुँठी देखिएमा पनि जाँच गर्न आवश्यक रहेको उनीहरू बताउँछन्।

मानसिक रूपमा परिवर्तन, आन्द्राको गतिविधिमा परिवर्तन, शरीरको तौल कम हुनु, भोक कम लाग्नु पनि क्यान्सरका लक्षण हुन्।

लक्षण नदेखिए पनि वर्ष दिनमा एकपटक जाँच गर्न सकेमा धेरै हदसम्म क्यान्सरबाट बच्न सकिने डा. झाले बताए।

स्तन, मुख र पाठेघरको क्यान्सर समयमै पत्ता लगाएमा निको हुने सम्भावना रहेकाले महिलाले समयसमयमा स्क्रिनिङ गर्नुपर्ने डा। घिमिरेको सुझाव छ।

आत्मबलले जिते क्यान्सर

जीवन भोगाइ र कामको सिलसिलामा अनेकौं दुस्ख सामना गरिसकेकाले क्यान्सर भएको थाहा पाएपछि सबैभन्दा पहिले रत्तिभर विचलित नभई क्यान्सरलाई पनि एउटा दुस्खका रूपमा लिएर मन बलियो बनाउनुभयो।

उहाँको आत्मबल नै क्यान्सरलाई जित्ने शक्ति बन्यो। साथै आफन्त र कार्यकर्ताको माया र प्रार्थनाले पनि उहाँलाई मानसिक रूपमा बलियो बनायो।

क्यान्सर निको हुनुको पृष्ठभूमिमा पहिलो चरणमै क्यान्सर पत्ता लाग्नु पनि थियो।

ढिलो भएको भए निको हुने सम्भावना क्षीण थियो भन्छन् डाक्टर।

उहाँ सबैलाई भन्न चाहनुहुन्छ, ‘सकेसम्म क्यान्सर हुन नदिन आहारविहार राम्रो गर्ने र नियमित शारीरिक अभ्यास गर्नुपर्छ। भइहाल्यो भने पनि क्यान्सर भन्नेबित्तिकै डराउनुहुन्न। यसलाई हामीले जित्ने सक्ने आँट आफैंले बटुल्नुपर्छ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment