Thursday, February 16, 2017

खानाको साथै यी ९ चीजका लागि फाइदाजनक छ प्याज

एजेन्सी । किचन (भान्सा)मा प्याजको प्रयोग अक्सर खानाको स्वाद बढाउनका लागि गरिन्छ । तर, प्याज स्वाद बढाउनुका साथै मुखको डण्डिफोर हटाउनेदेखि ग्रिलको सफाईसम्म कैयौ वस्तुमा फाइदाजनक छ ।

कुन–कुन चीजमा फाइदाजनक प्याज ?

१) डण्डिफोर हटाउन

तपाईको अनुहारको चमक बढाउनका लागि पनी प्याज एकदमै उपयोगी छ । प्याजको प्रयोगले तपाईको अनुहारमा निस्केका डण्डिफोर हराउनेछ । यदि तपाईको अनुहारमा डण्डिफोर छ भने प्याजलाई पिसेर पानीसँग मिसाउनुस् र त्यसलाई डण्डिफोर निस्केको ठाउँमा लगाउनुस् । चाँडै परिणाम पाउनुहुनेछ ।


२) माहुरीको टोकाईबाट बचाउँछ

यदि तपाईलाई कहिले माहुरीले टोकिहाल्यो भने आफ्नो छालामा एक प्याज पिसेर मल्नुस् । यसबाट दुखाई कम हुनेछ । र छिट्टै ठिक पार्नेछ ।

३) खिया लागेको चक्कुको सफाई

खिया लागेको चक्कुमा प्याज पिसेर मल्दा तुरुन्त खिया हट्छ ।

४) आफ्नो ग्रिल सफा गर्नुस्

प्याजलाई दुई टुक्रामा काट्नुस् । त्यसपछि एक कांटेमा आधा प्याज समातेर ग्रिलमा मल्नुस् । केही बेरमा ग्रिल सफा हुनेछ ।

५) जलेको चामलको गन्ध सोस्छ

यदि खाना बनाउँदा चामल जल्यो अर्थात आगोले भात बल्यो भने चुलोनेर आधा प्याज राख्नुस् । यसले चामलबाट निस्केको गन्ध (वासना)लाई सोस्नेछ ।

६) मेटल (फलाम)को पोलिस गरेर सफा गर्नुस्

प्याजलाई पिस्नुस् र बराबर मात्रामा पानी मिलाएर यसको मिश्रण तयार पार्नुस् । यो मिश्रणलाई एक कपडाको मद्दतले जून धातु (फलाम)लाई सफा गर्ने हो त्यसको सतहमा पोत्नुस् । फेरि अर्काे कपडाको मद्दतले धातुलाई मल्नुस् । केहीबेरमा धातुको सतह चमकदार र सफा हुनेछ ।

७) आगोमा जलेपछि राहत दिन्छ

प्याजमा एटिब्याक्ट्रियलको गुण पाइन्छ र यसले घाउ बल्झिनबाट रोक्छ । आगोले जलेको स्थितीमा शरीरमा प्याज मल्दा दुखाईबाट राहत मिल्छ ।

८) पेन्टको दुर्गन्धबाट छुटकारा दिन्छ

घरमा पेन्टिंग गरेपछि एक दुर्गन्ध आइरहन्छ । यो दुर्गन्धबाट छुटकारा पाउनका लागि मानिसहरुले महंगो रुम फ्रेशनर किन्नुपर्छ । तर, रुम फ्रेशनरको सट्टा यदि तपाईले प्याजको प्रयोग गर्नभो भने त्यो दुर्गन्धबाट तपाई राहत मिल्नेछ । यसका लागि प्याजको टुक्राहरु काटेर एक डिशमा थोरै पानीका साथ राख्नुस् । नयाँ पेन्ट गरेको कोठामा रातभर त्यो प्याजके डिशलाई छोडिदिनुस् । कोठाको दुर्गन्ध हट्नेछ ।

९) अण्डालाई रंगीन बनाउनुस्

प्याजको बोक्रा राम्रो डाईको काम गर्छ । ईस्टरका क्रममा सजावटका लागि प्रयोग हुने अण्डालाई तपाई प्याजको मद्दतले तयार गर्न सक्नुहुन्छ । प्याजको बोक्रामा अण्डालाई लट्पटाएर त्यसलाई एक रुमालमा बाध्नुस् र पानीमा उमाल्नुस् । केही बेरमा तपाईलाई नारंगी रंगको रंगीन र सुन्दर अण्डा मिल्नेछ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment