|
|
मोटोपनाको कारण- वंशाणुगत गुण, चिन्ता, खराब सुत्ने बानी अनि खानेकुरामा लापरवाही।
तर, तपाईँलाई आफ्नो तौल घटाउन मन छ भने गाईको दूध पिउनुहोस्। अनि तौल बढाउन मन छ भने भैँसीको दूध पिउनुहोस्।
साथै तौल घटाउनको लागि हामीले पहिल्यै पनि थुप्रै घरेलु उपायहरूको बारेमा जानकारी दिइसकेका छौँ, हेर्नुहोस्ः
केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र
सुतीसुती मोटोपना घटाउने ५ उपाय
५ प्रकारको तेल जसले मोटोपना घटाउँदछ
मोटोपना घटाउँने ४ ‘सेक्सी’ उपाय…
तौल घटाउने १० वैज्ञानिक विधि
विभिन्न खोज र रिसर्चका आधारमा हामीले यस्ता ५ प्रकारका दूधको बारेमा पत्ता लगायौँ, जसले मोटोपनाबाट पीडित व्यक्तिहरूको तौल घटाउनमा मद्दत गर्दछ। साथै कस्तो व्यक्तिले कुन दूध पिउन हुन्छ र कुन पिउनुहुँदैन भनेर पनि जानकारी दिनेछौँ।
थाहा पाउन पढ्दै जानुहोस्ः
१. गाईको दूध
गाईको दूधमा क्याल्सियम, प्रोटिन, आयोडिन, पोटासियम, भिटामिन-डी, भिटामिन-बी र अन्य खनीजपदार्थहरू पाइन्छन्।
यदि तपाईँ आफ्नो तौल घटाउन चाहनुहुन्छ भने गाईको दूध फाइदाजनक हुन्छ। यसको १०० मि.ली. मा केवल ६१ क्यालोरी ऊर्जा हुन्छ, जसले रक्तचाप पनि हुन दिँदैन।
साथै, तपाईँलाई पाचन सम्बन्धी समस्या छ भने पनि गाईको दूध पिउनुहोस्। नवजात शिशुहरूलाई पनि गाईको दूध दिइने गरिन्छ, किनभने यसलाई सजिलैसित पचाउन सकिन्छ।
कस्तो व्यक्तिले नपिउने?
रुघाखोकी लागेको छ भने गाईको दूध पिउनुहुँदैन।
(रुघा र खोकीलाई घरमै बसीबसी निको पार्ने ८ विधि)
२. सोयाको दूध
सोयाबिनबाट सोयाको दूध बनाइन्छ। यसमा पनि गाईको दूधमा जत्तिकै प्रोटिन पाइन्छ भने फ्याटि एसिड, फाइबर, भिटामिन र खनीजपदार्थहरू पनि पाइन्छन्, जुन हाम्रो मुटुको लागि फाइदाजनक हुन्छ र खराब कोलेस्ट्रोललाई कम गरी मोटोपनाबाट पनि राहत प्रदान गर्दछ।
कस्तो व्यक्तिले नपिउने?
जसलाई गलगाँडसम्बन्धी समस्याले सताएको छ, उसले सोयाको दूध पिउनु हानिकारक हुन्छ।
३. चामलको दूध
चामललाई पानीसँग उच्च तापक्रममा उमालेर चामलको दूध बनाइन्छ। यसलाई नेपालमा सामान्य भाषामा ‘भातको माड’ पनि भनिन्छ, तर भातको माडलाई चामलको दूध भन्न अलि मिल्दैन।
जसलाई ‘ल्याक्टोज इन्टोलरेन्स’ (Lactose Intolerance– दूधको एलर्जी) को समस्या छ, उसको लागि चामलको दूध उचित हुन्छ।
चामलको दूधमा कार्बोहाइड्रेट बढि र प्रोटिन कम हुन्छ। त्यसैले यसलाई मधुमेहबाट ग्रसित, मोटोपनाबाट पीडित, वृद्धवृद्धाहरू र खेलाडिहरूले पिउँदा फाइदाकारी हुन्छ।
कस्तो व्यक्तिले नपिउने?
जसलाई हाडजोर्नीसम्बन्धी समस्या छ, उसले चामलको दूध नपिउँदा नै उचित हुन्छ।
(अब घरमै बसेर बाथ मुटुरोगको उपचार)
४. नरीवलको दूध
मानव शरीरको हरेक प्रणाली (स्वासप्रश्वास, स्नायू, रक्तसञ्चार, प्रजनन, अस्थिपञ्जर, पाचन, प्रतिरक्षा)लाई मजबुत बनाउन र वृद्धिविकास गर्न नरीवलको दूधमा हुने क्याल्सियम, पोटासियम र क्लोराइडले मद्दत गर्दछ।
साथै यसमा भएको भिटामिन, फलाम, फाइबर र केप्रिलिक एसिडले पनि शरीरको वृद्धिविकासमा टेवा पुर्याउँदछ।
नरीवलको दूधलाई ‘एण्टिअक्सिडेण्ट’ र ‘एण्टिब्याक्टेरियल’ पनि मानिन्छ। मतलब यसले मुटुसम्बन्धी समस्याबाट राहत प्रदान गरी शरीरमा जम्मा भएका अनावश्यक बोसोलाई घटाउँदछ भने हानिकारक ब्याक्टेरियाहरूलाई पनि नष्ट गर्दछ।
कस्तो व्यक्तिले नपिउने?
नरीवलको एलर्जी हुने व्यक्तिहरूले नरीवलको दूध नपिउनुहोला।
५. बदामको दूध
बदामबाट बनाइएको दूधमा कत्ति पनि कोलेस्ट्रोल हुँदैन, मतलब मुटुको लागि एकदमै फाइदाजनक हुन्छ। साथै यसमा क्यालोरीको मात्रा पनि कमि नै हुन्छ।
यसमा भएको प्रोटिन, भिटामिन-ई, म्याग्नेसियम, म्याङ्गानिज, तामा र राइबोफ्लेविनले मुटुरोग, मधुमेह तथा प्रतिरक्षाप्रणाली सम्बन्धी समस्याबाट पनि राहत प्रदान गर्दछ।
कस्तो व्यक्तिले नपिउने?
बदामको एलर्जी र बाथ रोग भएकाहरूले बदामको दूध पिउनुहुँदैन।
(एलर्जीबाट बच्न प्रतिरक्षा प्रणालीलाई सुधार गर्नुपर्छ, कसरी?)
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment