Thursday, February 16, 2017

जान्नुस् परवल खानुका ६ वटा महत्वपूर्ण फाइदा

एजेन्सी । गर्मी मौसममा तरकारीमा उत्तम मानिन्छ परवल । परवलको एउटा गज्जबको विशेषता भनेको लामो समयसम्म ताजा रहन्छ ।

यो सब्जी हाम्रै बारीमा समेत फल्छ ।

परवलमा भिटामिन ए, बी, बी–२ र सी भरपुर मात्रामा पाइन्छ । यसका अलावा यो क्याल्सियमको पनि राम्रो स्रोत हो । यसको बोक्रामा मैग्रीशियम, पोटैशियम र फस्फोरस पनि भरपुर मात्रा हुन्छ ।


परवल खानुका फाइदाः

– परवल छालासम्बन्धी समस्याका लागि फाइदाजनक छ । परवलमा रहेको विउले कब्जीयत र पाचनसँग जोडिएका समस्याहरुमा फाइदाजनक छ । मधुमेहका विरामीका लागि विशेषगरी परवलको तरकारी खान सल्लाह दिइन्छ ।

– परवलमा रहेको एन्टी अक्सीडेन्ट बढ्दो उमेरको लक्षण कम गर्न मद्दतगार हुन्छ । यसले मुहारको चाउरी र डण्डिफोर पनि हटाउनमा मद्दत गर्छ ।

– परवलले इम्यून सिस्टमलाई राम्रो बनाउँछ । यसले ज्वरो, रुघाखोकी, छालाको इन्फेक्शन र चोट चाँडो निको पार्न मद्दत गर्छ ।

– यदि तपाईको बच्चालाई भोक नलाग्ने समस्या भने उसलाई परबलको तरकारी खुवाउनुस् । परवलको प्रयोगले पेटभित्र किरा मर्छन् ।

– परवलमा भरपुर मात्रामा डाइट्री फाइबर्स पाइन्छ । जसले पाँच प्रणाली नियमित बनाउँछ ।

– परवलको लेपले पेन–किलरजस्तै काम गर्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment