|
अधिकाँश मानिसलाई सेकुवा खुव मन पर्छ । र दशैं जस्ता चाड पर्वमा त पोलेको मासुको उच्च खपत हुने गर्छ । दशैमा खाने खसीको वा राँगाको मासुलाई रातो मासु भनिन्छ जुन स्वास्थ्यका दृष्टीले घातक मानिन्छ ।
चिकित्सकहरुले पोलेको मासु रक्सी भन्दा पनि हानीकार रहेको र यसले क्यान्सरको खतरा उच्च पार्ने चेतावनी दिएका छन् । अझै पोलेर नून तथा खुर्सानी वा मसला हालेको मासु त स्वास्थ्यका लागि निक्कै हानिकारक रहेको चिकित्सकहरुको भनाइ छ ।
मासु वा माछालाई आगोमा राखेर पकाउँदा यसमा क्यान्सर हुने उच्च जोखिमपूर्ण कार्सिनोजेन्सको मात्रा शरीरमा बढाउँछ । यो रसायन सिगर्टको धुवाँ वा रक्सी खानु भन्दा पनि घातक रहेको चिकित्सकहरुको भनाइ छ ।
अहिले विभिन्न देशमा भैरहेको अध्यनका क्रममा पनि क्यान्सर पीडित विरामीहरुसँग सोधिएको थियो । जसमा अधिकाँश विरामीले पोलेको मासु खाने गरेको बताए ।
क्यान्सर पीडित विरामीले रातो मासुको उच्च सेवन गर्ने र त्यसमाथि पोलेको मासु त निक्कै घातक रहेको चिकित्सकहरुको निष्कर्ष छ ।
पोलेको मासु खानेहरुमा क्यान्सरको जोखिम त्यस्तो मासु नखानेको तुलनामा उच्च रहने समेत अध्यनको निष्कर्ष छ ।
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment