|
|
ब्रिटिश वैज्ञानिकहरुले गरेको एक अध्ययनमा खाना खाएपछि चुइंगम चपाउने गरेमा भोजन नलीमा भएको एसिड तथा खराब डाकरलाई रोक्न मद्दत मिल्ने बताइएको छ । चुइंगम चपाउनाले र्याल बढ्छ, जसले पेटमा उत्पन्न हुने एसिडको तिव्रतालाई नियन्त्रण गर्छ ।
यसको अर्थ खाना खाएपछि चुइंगम चपाएमा केही हदसम्म खराब डकार आउने समस्या कम हुन्छ । छाती पोल्ने समस्यालाई पनि चुइंगम चपाएमा कम हुने बताइएको छ । चुइंगम चपाएपछि बन्ने र्यालले भोजन नलीमा उत्पन्न हुने खराब डकार वा एसिडलाई पेटतिरै धकेल्छ ।
अध्ययनकर्ताले चुइंगम चपाउनुहोस्, तर त्यो सुगर फ्रि हुन आवश्यक रहेको बताएका छन् । जसले वजन नियन्त्रण गरी दाँतलाई किरा लाग्नबाट पनि बचाउँन मद्दत गर्छ ।
अमेरिकाका विशेषज्ञका अनुसार, चुइंगम चपाउनाले अन्य पनि फाइदा छन्, जस्तै, मुखको व्यायाम हुन्छ, अनुहारको काम नलाग्ने सेल्सलाई टुक्रयाउँछ र अनुहारमा चमक ल्याउँछ ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment