|
|
फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक २०७१ बारे छलफल गर्न बनाइएको उपसमितिको प्रतिवेदनले यस्तो व्यवस्था थप गरेको हो ।
प्रतिवेदनले प्रस्तावित गरेको मुलुकी अपराध संहिता, २०७३ को दफा २६३ मा बैँक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैँक नोटमा लेख्न नहुने सम्बन्धी व्यवस्था गरेको छ । सुरु विधेयकमा नभएको उपदफा २ र ३ प्रतिवेदनमा थप गरिएको छ ।
उपदफा २ मा कसैले बैँक नोटमा लेख्न वा कोर्न हुँदैन भनेर भनिएको छ । उपदफा ३ ले त्यसो गर्नेलाई सजायको व्यवस्था गरेको छ । जसमा तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना तोकेको छ ।
नोट सम्बन्धी विभिन्न निर्देशन हाल नेपाल राष्ट्र बैँकले दिँदै आएको छ । यसअघि पनि नोको बण्डलमा स्टिज नगर्न निर्देशन दिएको थियो । त्यसअघि पनि अदालतले नेपाली रुपैयाँको नोट फोहर नगर्ने व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment