Wednesday, February 22, 2017

विमलेन्द्र निधिको क्षेत्रमा एमाले प्रवेश गर्नेको लहर, सयौं कार्यकर्ता पार्टी प्रवेश

जनकपुर, ११ फागुन । उपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको निर्वाचन क्षेत्रमा एमाले प्रवेश गर्नेको लहर चलेको छ ।

यसैक्रममा मंगलबार जनकपुर पुगेका एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका सयौं कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।

धनुषा क्षेत्र नम्बर ३ वर्तमान गृहमन्त्री बिमलेन्द्र निधिको निर्वाचन क्षेत्र हो । निधिको गढ मानिने क्षेत्र नम्बर ३ को मुखियापट्टी मुसर्निया गाविसबाट कांग्रेससहित विभिन्न दल परित्याग गरि सयौंको संख्यामा एमालेमा प्रवेश गरेको एमाले युवा नेता सञ्जीव झाले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अथिति वामदेव गौतमले सबैलाई टीका लगाएर पार्टी प्रवेश गराएका थिए । नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने कुरा पनि नेता गौतमले राखे ।

आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने उद्घोष
कार्यक्रममा उपाध्यक्ष गौतमले अबको तीन ओटै चुनाबमा एमाले पहिलो पार्टी हुने उद्घोष गरे । कार्यक्रममा एमाले नेता एवं पूर्व मन्त्री रघुबिर महासेठ, नेता रत्नेश्वर लाल गोईत, एमाले जिल्ला अध्यक्ष राजकिशोर यादब लगायतले आफ्नो धारणा राखेका थिए ।

मंगलबार दिउँसो धनुषा पुगेका एमाले उपाध्यक्ष गौतमलाई सयौंको संख्यामा मधेसी जनताले स्वागत गरेका थिए ।

पार्टीले सञ्चालन गर्न लागेको मेची महाकाली अभियानको पूर्व सन्ध्यामा गौतम मधेसको राजधानी जनकपुर गएका हुन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment