Saturday, March 18, 2017

लाइसेन्सको लागी नयाँ व्यवस्था अब परिक्षा नदी सिधै ‘ट्रायल’

५ चैत, काठमाडौं । अब सवारी लाइसेन्समा वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने भएको छ । एकपटक लाइसेन्सको लिखित परीक्षा पास गरेकाहरुले अब अर्को सवारी चलाउने अनुमति लिन लिखित परीक्षा नलिने निर्णय भएको छ ।
अहिलेसम्म कायम रहेको व्यवस्था अब्यवहारिक र चालक मैत्री नभएको भन्दै यातायात ब्यवस्था विभागले नयाँ ब्यवस्था गरेको हो । विभागमा आएका नयाँ महानिर्देशक रुपनारायण भट्टराईले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।

अब एकपटक लाइसेन्समा लिखित परीक्षा पास भएकाहरुले अर्को सवारी चलाउने अनुमति लिन सीधै ट्रायलको फारम भर्न सक्नेछन् । अहिलेसम्म लाइसेन्समा बर्ग थप्न पनि दोहोर्‍याएर लिखित परीक्षा दिनुपर्ने बाध्यता छ ।

नयाँ ब्यवस्थाले चालकहरुलाई सजिलो हुने र कार्यालय ब्यवस्थापनमा पनि सहज हुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरलाई बताए ।

‘एकपटक लाइसेन्स लिएपछि फेरि सवारीको वर्ग थप्न लिखित परीक्षा दिने ब्यवस्थाले झन्झट मात्रै सिर्जना गरेको निश्कर्ष हामीले निकाल्यौं’ प्रवक्ता पाण्डेले भने, ‘हामी अब यातायात कार्यालयको ब्यवस्थापनमा पनि जुटकाले नयाँ ब्यवस्था निकै प्रभावकारी हुनेछ ।’

लाइसेन्सबाहक ट्रायलका लागि योग्य

सरकारले यसअघि नै एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म सवारी लाइसेन्सका लागि ट्रायल दिन सक्ने ब्यवस्था गरिसकेको छ ।

अब झन वर्ग थप्न लिखित परीक्षा दिनै नपर्ने भएको छ । लाइसेन्स बाहक चालक सवारीको वर्ग थप्न स्वतः ट्रायलका लागि योग्य हुनेछ ।

मोटरसाइकलका लाइसेन्स बोक्नेले सीधै कारको लाइसेन्सका लागि परीक्षा दिन सक्नेछ । कारको लागि लाइसेन्स लिएकाले बसका लागि पनि ट्रायल दिन सक्छन् ।

यो ब्यवस्था अबको एक हप्तापछि कार्यान्वयनमा जाने प्रवक्ता पाण्डेले बताए । ‘सफ्टवेयरमा परिमार्जन र कार्यालयहरुमा नयाँ ब्यवस्थाअनुरुपको प्राविधिक तयारीका लागि एक हप्ता लाग्छ’ प्रवक्ता डा. पाण्डले भने, ‘अब हामी अर्को साताबाट वर्ग थपका लागि लिखित परीक्षा लिँदैनौं ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment