|
आर्थिक वर्ष ०७३/७४ मा नेपालमा चीनले ४५३ करोड लगानी गर्दा भारत ४६ करोडमा समेटिएको छ । नेपालमा चीनको प्रभाव बढेको बारम्बार गुनासो गर्ने भारतले कसरी यहाँको लगानी हात झिक्दै गइरहेको छ भन्ने प्रमाण यो तथ्यांकले दिएको छ ।
उद्योग मन्त्रालयका अनुसार आर्थिक वर्ष ०६८/०६९ सम्म नेपालमा लगानीमा चीनभन्दा भारत अगाडि थियो । त्यसपछि चीनले भारतलाई चुनौती थियो । आर्थिक वर्ष ०६८/०६९ मा चीनले नेपालमा ९८ करोड ६० लाख रुपैयाँ लगानी गरेको देखिन्छ । भारतले भने २ अर्ब २९ करोड रुपैयाँ लगानी गरेको थियो ।
आर्थिक वर्ष ०६९/०७० मा आइपुग्दा दुबै मुलुकबाट हाराहारी लगानी भएको देखिन्छ । भारतबाट २ अर्ब ६९ करोड लगानी हुँदा चीनबाट २ खर्ब ७७ करोड लगानी भएको छ । आर्थिक वर्ष ०७१/०७२ मा फेरि भारत अगाडि रहृयो । भारतबाट ३४ अर्ब ७१ करोड लगानी आयो भने चीनबाट ४ अर्ब ३६ करोड । त्यसपछिका वर्षहरुमा भने भारतबाट भएको लगानी क्रमश घट्दा चीनबाट बढेको छ ।
आर्थिक वर्ष ०७२/०७३ मा भारतले नेपालमा १ अर्ब ९४ करोड लगानी गरेको थियो । तर, चीनले सोही वर्ष ६ अर्ब २९ करोड लगानी गरेको थियो । चालु आर्थिक वर्षको फागुन २० गतेसम्ममा भारतले ४६ करोड लगानी गरेको छ । सोही समय सम्ममा चीनले भने ४ अर्ब ५३ करोड रुपैयाँ लगानी गरिसकेको छ ।
यो वर्षमा चीनको लगानीका कारण ३ हजार २ सय ५१ जनालाई नेपालमा रोजगारी मिलेको छ । भारतको लगानीका कारण भने चालु आर्थिक वर्षको फागुन २० गतेसम्ममा ६ सय ४२ जनाले मात्रै रोजगारी पाएका छन् ।
पछिल्लो समय चीनमा श्रमिकको ज्याला बढ्दै गएको छ, जसका कारण चीनको उत्पादन लागतमा बृद्धि भएको छ । चीनमा उत्पादन लागत बढ्दै गएपछि अहिले त्यहाँका लगानीकर्ताहरु अन्य देशमा लगानी गर्न खोज्दैछन् । नेपालमा कामदारको ज्याला कम भएका कारण उनिहरुको यहाँ आकषर्ण बढेको छ ।
चीनको तुलनामा भारतीय कामदारको ज्याला न्यून छ । एक अध्ययनका अनुसार अनुसार चीनको तुलनामा भारतमा प्रतिघन्टा उत्पादन पाँच गुणा कम छ । चिनियाँ समाचारपत्र ग्लोबल टाइम्स लेख्छ, ‘केही वर्षयतादेखि प्रविधिको क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताका लागि चीन एक उचित स्थान बन्दै आएकेा थियो । तर, अहिले प्रविधि क्षेत्रका लगानीकर्ता भारततर्फ आकषिर्त भएका छन् ।’
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment