|
|
बुधबार पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षमा बसेको केन्द्रीय सचिवालयको बैठकले अलोकतान्त्रिक र आपराधिक क्रियाकलापहरु अबिलम्ब रोक्न चेतावनी दिएको हो ।
‘मधेसका विभिन्न जिल्लामा नेकपा (एमाले) का पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घरहरु, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको छ, नेकपा (एमाले) का नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक कामहरु भएका छन्,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ– ‘हाम्रो पार्टी त्यस्ता अलोकतान्त्रिक र आपराधिक क्रियाकलापहरु अबिलम्ब रोक्न चेतावनी दिन चाहन्छ ।’
एमालेले आफ्ना नेता–कार्यकर्ता र पार्टी कार्यालयहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग समेत गरेको छ ।
फागुन २७ गतेबाट अभियान पुनः सूचारु हुने
एमालेले सप्तरीको राजविराजमा मधेसी मोर्चाका नाममा अवाञ्छित तत्वहरुद्वारा सिर्जित आपराधिक घटना र त्यसपछि उत्पन्न परिस्थितिको संवेदनशीलतालाई ख्याल गर्दै तीन दिनका लागि स्थगित भएको मेची–महाकाली राष्ट्रिय अभियान फागुन २७ गते हेटौंडाबाट पूर्ववत सुचारु हुने जानकारी दिएको छ ।
यसका लागि सक्रियतापूर्वक क्रियाशील हुन, व्यापक जनसहभागिता जुटाउन र उपस्थित हुन मातहत कमिटी र सदस्यहरुलाई निर्देशन दिइएको छ ।
‘यसअघि निर्धारण भएको कार्यतालिका अनुसार बाँकी सबै कार्यक्रम आयोजना हुने भएकाले त्यसका लागि सक्रियतापूर्वक क्रियाशील हुन, व्यापक जनसहभागिता जुटाउन र मेची–महाकाली यात्रामा आ–आफ्ना सवारी साधनसहित उपस्थित हुन मातहत कमिटी र सदस्यहरुलाई निर्देशन दिइएको छ,’ एमालेद्धारा जारी विज्ञप्तिमा भनिएको छ
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment