Wednesday, March 8, 2017

मोर्चाका कार्यकर्ताद्धारा बारामा एमाले कार्यकर्तामाथि कालोमोसो

कलैया, २५ फागुन । सप्तरी घटनापछि आन्दोलित मधेसी मोर्चाका कार्यकर्ताले बुधबार बारामा एमाले कार्यकर्तालाई कालोमोसो दलेका छन् ।

बाराका डीएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार बुधबार बिहानै एमालेको कलैयास्थित पार्टी कार्यालयका कार्यालय सचिव ५३ वर्षीय शंकर भट्टराई र कलैया नगर कमिटी सदस्य ५० वर्षीया रामएकवाल पटेललाई मोर्चाका कार्यकर्ताहरुले मुखमा कालोमोसो दलेका हुन् ।

कलैया नगरपालिका–५ निवासी भट्टराई र कलैया नगरपालिका–२ का पटेल कलैयाको मुख्य चोकमा बिहान घुमफिर गरिरहँदा मोर्चाका कार्यकर्ताहरुले कालोमोसो दलेका थिए ।

यसअघि मोर्चाका कार्यकर्ताले फागुन २३ मा साँझ एमालेको कार्यालयमा आगजनी गरेका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment