Wednesday, March 8, 2017

सप्तरी घटनामा थप एकको मृत्यु

 काठमाडौं, २५ फागुन । सप्तरी घटनामा प्रहरीको गोली लागि घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
गोली लागि घाइते भएका सप्तरी मलेठ गाविस २ का वीरेन्द्र महतोको उपचारका क्रममा धरानमा मृत्यु भएको हो ।
नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीमा भएको कार्यक्रम विथोल्न खोज्ने प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।
प्रहरीको गोली लागि यसअघि सन्जन मेहता, पिताम्बर मण्डल र आनन्द साहको मृत्यु भएको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment