Saturday, March 11, 2017

बाँकेमा एमालेको मेची महाकाली अभियानको तयारी तीब्र

– आकाश देबकोटा : बाँके, २८ फागुन ।, संविधान कार्यान्वयनका लागि नेकपा एमालेले गत फागुन २१ देखि झापाबाट सुरु गरेको मेचीकाली अभियान चैत्र १ गते बाँकेको नेपालगन्ज पुग्ने भएको छ ।

एमाले बाँकेले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर सो अभियानको बारेमा जानकारी दिएको छ । अभियानलाई भब्यताको साथ सम्पन्न गराउने गरी अभियानलाई तीब्र पारिएको जनाईएको छ ।

एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले एमालेले सुरु गरेको मेचीकाली अभियान कुनै वर्ग, जाति, धर्म र समुदायको बिरुद्ध नभई नेपाली राष्ट्रियता र संविधान कार्यान्वयनका लागि मात्र भएको दाबी गरे । उनले अभियानको तयारीको लागि करिव ५ सय युवा स्वयमसेवक समेत परिचालन गरिने बताउनु भयो ।

नेपालगन्जको कारकाँदोमा रहेको प्रदर्शनी गृह निर्माणस्थलमा आयोजना गरिने अभियानको सभामा ५० हजार जनताको सहभागिता रहने जानकारी दिए । ‘पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको प्रमुख आथित्यमा आयोजना गरिने सभा कुनै जाति, बर्ग, समुदाय र धर्मका बिरुद्ध नभई नेपाली जनाताबीच एकता र राष्ट्रिय भावनालाई दरिलो बनाउनुभयो ।

उनले भने– ‘आफ्नो पार्टीले जनताबाट आफुलाई जनअनुमोदन गर्नको लागि आयोजना कार्यक्रममा सबैको सहयोगको अपेक्षा गरेको बताउदै लोकतन्त्रमा हिड्ने, बोल्ने, र आफ्नो मत जाहेर गर्ने सबैको बराबर अधिकार हुने भएकोले लोकतान्त्रिक मूल्य र मान्यताको सबैले कदर गर्नैपर्छ र बाँकेमा पनि त्यसको पालना हुने विश्वास लिएको छु ।’

चैत्र १ गते कै दिन मधेशी मोर्चाले बन्द आव्हान गरेको भएपनि सो दिन आफूहरुको मेचीकाली अभियानको कार्यक्रम रहेकोले मोर्चाका स्थानीय नेता तथा कार्यकर्ताहरुसंग आफ्नो कार्यक्रमको बारेमा छलफल चलाई निकास निकाल्ने तयारी रहेको एमाले बाँकेका अध्यक्ष कोइरालाले जानकारी दिए ।

जिल्लाका सबै क्षेत्रबाट पहिचान सहितको प्रतिधित्वको लागि तयारी गरिएको एमाले बाँकेले जनाएको छ । थारु, अवधी, मुस्लिम लगायतका समुदायको पहिचान सहितको उपस्थिति रहने गरी तयारी अगडि बढाईएको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिए ।

अभियानमा एमाले केन्द्रीय कमिटी, एमालेका संसद, जनवर्गिय संगठन, अभियान सम्पन्न भएका जिल्लाका नेता तथा कार्यकर्तागरी हजार भन्दा बढीको बाँके आवागमन हुने र उनीहरुको बासको लागि कोहलपुरमा स्थानीय जनताको घरमा बसाईने गरी तयारी गरिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment