Sunday, March 12, 2017

नेपालले हामीसँग कार माग्ने कानुनी आधार छैन : टेलिया


काठमाडौँ । एनसेल बिक्रेता टेलियासोनेराले मन्त्रिपरिषदको निर्णयलाई चुनौती दिँदै नेपाल सरकारलाई कर नतिर्ने बताएको छ ।

नेपाल सरकारले आफूसँग पुँजीगत लाभकर माग्ने कानुनी आधार नभएको भन्दै टेलियासोनेराले कर नतिर्ने दोहोर्‍याएको हो । मन्त्रिपरिषदको बिहिबारको बैठकले एनसेल कारोबारमा पुँजीगत लाभकर बिक्रेताले नै तिर्नुपर्ने निर्णय गरेपछि त्यसको जवाफमा टेलियासोनेराका प्रतिनिधिले आफूले कर नतिर्ने प्रतिक्रिया दिएका हुन् ।

स्विीडिस भाषामा प्रकाशन हुने स्वीडेनको ‘एसभिडी’ अनलाइनले टेलियासोनेराकी प्रेस अफिसर जोहन्ना ह्यान्सनलाई उद्धृत गर्दै उनले कर नतिर्ने बताएको उल्लेख गरेको छ ।

‘नेपाल सरकारले हामीसँग कार माग्ने कानुनी आधार छैन । यो हामीले तिर्नुपर्ने पैसा पनि होइन’, टेलियासोनराकी प्रेस अफिसर जोहन्ना ह्यान्सनले ‘एसभिडी’ अनलाइनलाई भनेकी छन् ।आजको नागरिकमा खबर छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment