Monday, March 6, 2017

मध्य आकाशमा उडिरहेको विमानभित्र जिउँदो सर्प खसेपछि भागाभाग (भिडियोसहित)

एजेन्सी । मेक्सिकोमा उडिरहेको एक विमानभित्र सर्प देखिएपछि विमानलाई तत्कालै अवतरण गरिएको छ । अचानक ठूलो सर्प देख्दा यात्रुहरु आत्तिएर भागाभाग भएपछि मध्यआकाशमा उडिरहेको विमानलाई तत्कालै आपतकालिन अवतरण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मेक्सिकोको टोरेओन शहरबाट विमान मेक्सिोकोको राजधानी मेक्सिको शहर जाँदै थिए ।

 विमानको सिटभन्दा माथि सामान राख्ने ठाउँ (ओभरहेड कम्पार्टमेन्ट)बाट सर्प अचानक निक्लेको विमानमा यात्रा गरेका यात्रुहरूले बताएका छन् । सालाखाला ५ फुट लामो र हरियो रङको उक्त सर्प माथिबाट तल सिटनेर खसेको थियो । घटना अस्ति आइतवारको हो । विमानमा यात्रारत एक विश्वविद्यालयका प्रोफेसरले एउटा कपडाको सहायताले पक्रेका थिए । उनले सर्प पक्रेर सुरक्षित रूपमा राखिएपनि त्यो खतरामुक्त नरहेको ठानेर नजिकैको सहज स्थानमा विमान अवतरण गराएर सर्पलाई जिउँदै जंगलमा छोडिएको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment