|
|
काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा रहेको कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा मंगलबार भएको गोप्य भेलामा सहभागी केन्द्रीय सदस्यहरूले सभापति देउवाले पार्टीलाई क्रियाशील बनाउन नसकेको भन्दै आलोचना गरेका हुन् । उनीहरूले यस्तो संकटपूर्ण अवस्थामा कांग्रेस अनिर्णयमा बस्नु दुःखद् रहेको भन्दै आक्रोश जनाएका थिए ।
संविधान कार्यान्वयन, तीन तहको निर्वाचन, पार्टीको पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागलाई पूर्णता दिने लगायतमा पार्टी सुस्तता देखाएको भन्दै कांग्रेस नेताहरूले देउवाको आलोचना गरेका थिए ।
पार्टी केन्द्रीय समितिको बैठक तत्काल बोलाउन सभापति देउवासँग माग गरिएको केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिए । उनले भने, ‘कांग्रेसले मुलुकको राजनीतिलाई टुलुटुलु हेरेर बस्ने होइन । समग्र राजनीतिलाई नेतृत्व गरेर जानुपर्छ । त्यसका लागि कांग्रेसलाई क्रियाशील बनाउनु पर्छ । केन्द्रीय समितिको बैठक बोलाउनु पर्छ ।’
भेलाले सप्तरीमा भएको घटनाले मुलुकमा झन् राजनीतिक अस्थिरता कायाम गरेको भन्दै ठूलो दलको हिसाबले कांग्रेसले समन्वयकारी भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको केसीले बताए ।
भेलामा कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडु, आनन्दप्रसाद ढुङ्गाना, मीनेन्द्र रिजाल, महेश आचार्य, नारायण खड्का, गोविन्द भट्टराई, गुरुराज घिमिरेलगायत १५–२० जना केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment