Friday, March 17, 2017

मेरी कुसुमको मुटु छुने गीत भुल्न तिमीलाई सकिन सार्वजनिक

सुनौलो नेपाल/ काठमाडौँ– फरक कथा बस्तु र फरक एक्सनले भरिएको नेपाली चलचित्र मेरी कुसुमको एउटा शिर्ष गीत भुल्न तिमीलाई सकिन सार्वजनिक भएको छ ।

टंक बुढाथोकीको शब्द संगीत र आवाजमा रहेको यो गीत भुल्न तिमीलाई, सकिन मैले माया गर्छु भनिन,  तिमि बिना हास्न सकिन, तिमि बिना बाच्न सकिनमा  नायक मोहन बोगटी र नायिका हर्षिका श्रेष्ठको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस


नेपाल बाहीरबाट पहिलोपटक रिलिज गर्न लागीएको चलचित्र मेरी कुसुम मार्च ५ गते देखि नेपाल बाहिर विश्वका १५ ओटा देशमा युएईमा मात्र ९ ओटा हलहरुमा एकसाथ रिलिज गर्ने सहमति भइसकेको निर्माण पक्षले जनाएको छ ।
नेपाल बाहिरका हलहरुमा लागीसकेको यो चलचित्रलाई नेपाली दर्शकहरुले भने जेष्ठ १५ गतेबाट नेपाल भरीका हलहरुमा एकसाथ हेर्न पाउने छन्

दर्शकले निकै प्रतिक्षा गरीरहेको चलचित्र मेरी कुसुममा नायक मोहन बोगटी बोल्ड भूमिकामा रहेका छन् पछिल्लो समयका उदयमान नायक बोगटीको एक्सन र प्रेमिल भूमिकाले चलचित्रलाई अहिलेसमम्कै पृथक बनाउन सफल भएको निर्देशक एन आर घिमिरेले सुनौलो नेपाललाई बताए l

चलचित्रमा नायिका द्वय हर्षिका श्रेष्ठ र सुदिप्ता अधिकारीको भूमिका रहेको छ l खलनायकको भूमिकामा भने राज कुमार थापा र प्रोडक्सन डिजाइनर दिलिप पन्त त्यस्तै नृत्य निर्देशन कबिराज गहतराज र बाबु थापाले गरेका छन् क्यामरामा दिब्य सुबेदी छन् भने संगीत टंक बुढाथोकीले गरेका छन् l


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment