Friday, March 17, 2017

पुर्वप्रधानमन्त्रि लोकेन्द्र बहादुर चन्दलेसम्म किनेर चढाए बालिकालाई मन्दिरमा

काठमाडौं ४ चैत्र – शुक्रबार काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको टुरिजम वोर्डको हलमा देउकी प्रथामा तयार पारिएको डकुमेन्ट्रि प्रदर्शन गरिएको छ । पाँचौ अन्तरायिष्ट्रय फिल्म फेस्टिबलमा उक्त डकुमेन्ट्रिलाई प्रदर्शन गरिएको हो ।

सुदुरपश्चिममा परापुर्वकालदेखि चलिआएको देउकी प्रचल प्रथाको रुपमा एउटा मानव वेचबिखन भएको कुरा सो डकुमेन्ट्रमा देखाईएको छ । सामाजिक र साँस्कृतिक रुपमा सुदुरपश्चिममा विशेष गरि देवीलाई पुज्ने प्रचलन व्याप्त छ ।

सोही प्रचलनलाई मान्यता दिदै गरिबका छोरीहरुलाई किनेर देवीको रुपमा चढाएपछि चढाउने व्यक्तिको घरमा छोरा जन्मन्छ र फलिफाप हुन्छ भन्ने मानसिकताले अझैं पनि बालिकाहरुलाई किन्ने प्रचलनलाई उक्त वृत्त चित्रमा देखाईएको छ ।

यो प्रथा शुरु हुँदा १ रुपैंयामा बालिकालाई किनेर चढाईन्थ्यो भने हिजो आज ६ देखि ७ लाख रुपैंयासम्म बालिकालाई किन्ने गरिन्छ । विशेष गरि हिजो आज देउकी चढाईदा गौरा पर्वको अवसरमा बालिकाहरुलाई किनबेच गरेर देवीको मन्दिरमा चढाईने बताउँछिन् वृत्त चित्र निर्माता देवकी विष्ट ।



Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment