Tuesday, March 7, 2017

सप्तरी घटनाको तत्काल सत्य तथ्य सार्वजनिक गर्न कमल थापाको माग

काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सप्तरीमा हिजो भएको झडपमा प्रहरीको गोली लागेर ३ जना प्रदर्शनकारीको मृत्यु भएको तथा दर्जनौ घाईते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै थापाले घटनाको छानविन गरि तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसंग माग गरेका समेत गरेका छन् ।

उनले निर्वाचनको पूर्वसन्ध्यामा हिंसात्मक घटना भएकोतर्फ ध्यानाकर्षण गराउँदै शान्ति, सुरक्षा र स्थिरता कायम गर्न सरकारले अविलम्ब प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।



Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment