|
|
निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले मकवानपुर जिल्लाको सुनाचुरीस्थित श्री नं.१ जगदल गणको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुभयो ।
सोही अवसरमा उहाँले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हीत रक्षार्थ अनुशासित, संयम् एवं पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिनुभयो ।
प्रधान सेनापति क्षत्री आजै उक्त गणहरुको वार्षिकोत्सव कार्यक्रममा सरिक हुन भई भरतपुरस्थित श्री महिन्द्रदल गणमा मुकाम रहनु हुने र निरीक्षण भ्रमण सम्पन्न गरी भोलि काठमाडौं फिर्ता हुनुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment