Saturday, March 18, 2017

७ महिने बालिकाः जसको जीवन हाम्रो हातमा छ

मस्तिष्क सम्बन्धी गम्भीर रोगबाट ग्रसित सात महिने बालिका सिम्रित भुजेलको उपचार सहयोगका लागि समिति गठन भएको छ ।

बिर्तामोड–४ भद्रपुररोडस्थित एकता टोलमा बसोबास गर्दै आएका सागर र सन्ध्या भुजेलकी छोरी सिम्रित जन्मदै मस्तिष्क सम्बन्धी रोग मेनिङ्गो इन्केफालोसिनबाट पीडित छिन् ।

शुक्रबार एकता टोलमा भएको भेलाले एकता युवा समाजका अध्यक्ष मनबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय सिम्रित भुजेल उपचार सहयोग समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा किरण कपुरी, सचिव मोहन खरेल र कोषाध्यक्षमा रमा राई छन् ।

त्यस्तै, सदस्यहरुमा मेघराज बाँस्तोला, हिमाल खरेल, राज आङ्देम्बे, रमेश नेपाल, सावित्रा लिम्बू, सीता भट्टराई, निमा रुम्बा, गंगा पासवान, अम्बिर लिङ्देन, प्रदीप चिमरिया र केदार श्रेष्ठ छन् ।

सिम्रितको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अस्पतालले उनको उपचारका लागि तीन लाख रुपैयाँ लाग्ने जनाएको छ ।

सिम्रितको टाउकाको अनिवार्य शल्यक्रिया गर्नुपर्ने चिकित्सकले जनाएका छन् ।

भुजेल परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय रहेका कारण समितिले सम्पूर्णमा आर्थिक सहयोगका लागि अपिल गरेको छ ।

सहयोगका लागि कोषाध्यक्ष रमा राईको मोबाइल ९८४२७३०५०० र सदस्य मेघराज बाँस्तोलाको मोबाइल ९८५२६७२३०३ मा सम्पर्क गर्न समितिले आग्रह गरेको छ ।



Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment