|
|
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बसेको वर्तमान तथा पूर्व पदाधिकारीसहितको बैठकले मधेस आधारित दलबाट आफ्ना माग पूरा नभए सरकारलाई दिइएको समर्थन फिर्ता गर्ने चेतावनीका सम्बन्धमा छलफल गरी सो मोर्चालाई समीकरणमा निरन्तर कायम राख्न पहल गर्ने निर्णय गरेको हो ।
मोर्चाले आफूले उठाएको मागबमोजिम संविधान संशोधन हुनुपर्ने, स्थानीय निकायको निर्वाचनका कार्यक्रम फिर्ता र सप्तरी घटनाका दोषीमाथि कारबाही लगायतका विषयमा यही फागुन २५ गते ध्यानाकर्षण बुझाउँदै एकसाताभित्र माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन स्वतः काम नरहने जानकारी दिएको थियो ।
बैठकपछि काँग्रेस नेता रमेश लेखकले संविधान संशोधन विधेयक पारित गराउने प्रक्रिया अघि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० लगायत दलसँग पार्टीले वार्ता, संवाद र पहल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन सम्पन्न गराउन पनि पार्टीले पहल गर्ने बताउनुभयो ।
उक्त पदाधिकारी बैठक आगामी चैत १ गते पुनः बस्नेछ । रासस
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment