Wednesday, March 8, 2017

मधेसी मोर्चाको तराई बन्द फिर्ता, जनजीवन सामान्य बन्दै (फोटो फिचर)


– सीताराम चौधरी

चन्द्रौटा (कपिलवस्तु), २५ फागुन । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा गरिएका दुई दिने मधेश बन्द बुधबार साँझ ५ बजेबाट फिर्ता भएको छ । बन्द फिर्ता भएसँगै जनजीवन सामान्य बनेको छ ।

बन्दले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चन्द्रौटाक्षेत्र पूर्ण प्रभावित बन्यो । मधेश बन्दका कारण चन्द्रौटामा लाग्ने साप्ताहिक हाटबजार समेत लाग्न सकेन । लामा तथा छोटा दूरीका कुनै पनि सवारी साधन चलेनन् । चन्द्रौटा–कृष्णनगर क्षेत्रका उद्योग, कलकारखाना, बजार, पसल, शिक्षण संस्था समेत ठप्प भएका थिए । मोर्चाका कार्यकर्ताहरु दुई दिनसम्म चन्द्रौटा, खरेन्द्रपुरमा टेन्ट टाँगेर, ढुङ्गामुढा तेर्साएर सडक अवरुद्ध पारेका थिए । मोर्चाले जिल्लाको मुख्य बजार तथा चोकचोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

यसैगरी जिल्लाको बहादुरगञ्ज, कृष्णनगर, जवाभारी, महराजगञ्ज र सदरमुकाम तौलिहवामा समेत मोर्चाले बन्द गराएका थिए । जिल्लामा शान्तिपूर्ण तरिकाले बन्द सफल भएको सद्भावना पार्टीका केन्द्रिय सदस्य रविदत्त मिश्रले जानकारी दिनुभयो ।

बन्दको अबज्ञा गरेको भन्दै पहिलो दिन साँझ मोर्चा कार्यकर्ताले बहादुरगञ्जमा दुईवटा गाडीमा सामान्य तोडफोड गरेपनि समग्रमा कुनैपनि अप्रिय घटना नभएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

 

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment