|
|
जस्तो कि हामी सबै जान्दछौं कि लसुनले हामीलाई कैयौं विरामीबाट बचाउँछ । जस्तै लिभरको विरामीबाट रक्षा गर्छ । गंजपनबाट बचाउँछ र कैयौ रोगबाट हामीलाई सुरक्षित राख्छ । लसुन हाम्रा शरीरका धमनी (नली) सफा राख्छ र हाम्रो रगतलाई शुद्ध गर्छ । जुकाम र फ्लूबाट राहत दिन्छ । अन्य कैयौ रोगमा पनि एकदमै उपयोगी छ ।
लसुनलाई सिरानीको तल किन राख्ने ?
सायद तपाईले सुन्नुभएको होला धेरै मानिसहरु लसुनलाई सुत्नुभन्दा पहिला राम्रो निन्द्राका लागि आफ्नो सिरानीको तल राख्छन् ।
कैयौं मानिस सौभाग्यका लागि आफ्नो खल्तीमा राख्छन् । संसारमा कैयौ मानिस लसुनले धूपदान र भाडाहरु सफा गर्छ नकारात्मकता दूर राख्नका लागि । यसैकारण तपाईले लसुन आफ्नो खल्ती वा सिरानीको मुनी राख्नुपर्दछ । यसबाट तपाईलाई राम्रो निन्द्रा मिल्नेछ र वरपरको नकारात्मक उर्जा हटाउँछ ।
काँचै खानुस् लसुन
चिकित्सकका अनुसार विभिन्न रोगहरुबाट बचाउने लसुन काँचै खानुपर्छ । यसरी खाँदा लसुनमा रहेको औषधिय गुणले शरीरमा पूर्ण रुपमा काम गर्छ । काँचै खाँदा अमिलो जस्तो लागे पकाइसकेर खान ठिक्क पारेको तरकारीसँग मिसाएर खानुपर्छ ।
पकाएर खाँदा त्यसमा रहेको औषधिय गुण धेरैमात्रमा नष्ट हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment