Friday, February 17, 2017

राप्रपाको प्रथम एकता महाधिवेशन आज, थापाले उदघाटन गर्ने

काठमाडौं, ६ फागुन । तामझामका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रथम एकता महाधिवेशन आजबाट राजधानीमा शुरू हुँदैछ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मध्यान्ह अध्यक्ष कमल थापाले अधिवेशनको उदघाटन गर्ने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘उदघाटनको सम्पूर्ण तयारी भएको छ । विभिन्न दलका नेताहरूले शुभकामना दिने छन् । काठमाडौं उपत्यका आज राप्रपामय हुनेछ ।’

उदघाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओलीसहित मधेसी मोर्चाका शीर्ष नेताहरूलाई पनि राप्रपाले शुभकामना दिनका लागि निमन्त्रणा गरेको छ ।

भृकुटीमण्डपमा राप्रपाको उदघाटनसत्र सम्पन्न भएपछि शनिबारदेखि राप्रपाको बन्दसत्र शुरू हुनेछ । राप्रपाले कमल थापालाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी गरेको छ । त्यसका लागि बुधबार राति शीर्ष नेताहरूबीच सहमति समेत भइसकेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment