Friday, February 17, 2017

पिनास रोगबाट कसरी बच्ने ?


– डा. यञ्जन गैह्रे

पिनास भन्नाले नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुराउने एक किसिमको रोग हो । जसलाई साइनोसाइटिस पनि भनिन्छ । साइनोसाइटिस साइनस(sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो । साइनस भन्नाले टाउँको र अनुहारको हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन्, जो साना–साना प्वालहरु, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् ।जब कुनै व्यक्तिलाइ रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिगाँन भन्ने तरल पदार्थ भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरु सुन्निछ । जहाँ व्याक्टोरिया एवं भाइरस विकसित भई पिनास भन्ने रोग उत्पन्न हुन्छ ।


विशेष गरी साइनसहरु चार प्रकारका हुन्छन् र तिनीहरुको इन्फ्लामेसन

(Inflammation)को आधारमा पिनासको वर्गीकरण गरिएको हुन्छ ।

१) फ्रन्टल साइनस Frontal sinus) –निधारमा हुन्छ ।
२) म्याक्जिलरी साइनस (Marillary sinus) –दुवैतिर गालाको भित्री भागमा ।
३) इथमोइडल साइनस (Ethmoidal sinus) –आखाँहरुको बीचमा ।
४) स्फेनोइडल साइनस (Sphenodal sinus) –इथमोइडल साइनसको भित्री भागमा ।

पिनास दुई प्रकारका हुन्छन्ः–



१) एक्युट साइनोसाइटिस (पिनास):- ३० दिन भन्दा कमको पिनास ÷१० दिन भन्दा कम समय सम्ममा रहने प्राय भाइरल संक्रमणका कारणले हुने गर्दछ, भने १० दिन भन्दा बढी रहेमा,त्यो पिनास व्याक्टोरियल संक्रमणका कारण हुने गर्दछ भन्ने सम्भावना बढी रहन्छ ।

२) क्रोनिक साइनोसाइटिस (पिनास):- ३ महिना वा १२ हप्ता भन्दा बढी रहने पिनास प्राय गरेर एलर्जीक व्यक्तिहरुको नाक भित्र मासु पलाएको पोलिपहरुको अवस्थामा देखिने गर्दछ ।

पिनास हुनुका मुख्य कारणहरुः–

१) साइनस (क्ष्लगक) को भित्री भागमा केहि गरी अवरोध वा रोकावट हुनु ।

२) एलर्जी, भाइरल वा व्याक्टोरियल संक्रमण हुनु ।

३) नाकको भित्री भागमा मासु पलाउनु –Nasal polyp वा ट्युमर हुनु वा नाकको भित्रको हडि बाङ्गिनु ।

४) एलर्जी गराउने कुनै वस्तु, खाना, धुँवा–धुलो, गन्ध आदि ।

५) कुनै पनि प्रदुषण, चिसो, वातावरण, चिसो हावा, चिसो वा बासी खाना, आदि ।

पिनासको लक्ष्णहरुः-

१) नाक बन्द भइरहने र श्वासप्रश्वास गाह्रो हुने ।

२) टाउँका को अगाडिको भागमा भारी र अनुहारको अगाडिको भागमा पनि पिडा हुने

३) गन्ध वा बास्ना थाहा नपाउने

४) नाकबाट बाक्लो, पहेलो र गन्द युक्त सिगाँन बग्ने ।

५) दिउँसोमा सुख्खा खोकी लाग्नु, रुघाको लक्षण देखिनु, मन्दमन्द ज्वरो आउनु, दाँतको पिडा वा कानको दुखाई हुनु ।

योग तथा प्राकृतिक चिकित्साः–

१) योग चिकित्साः–

–अनुलोम विलोम प्राणयाम
–कपालभाति प्राणायाम
–सूर्यवेदि प्राणयाम

२) प्राकृतिक चिकित्साः–

–जलनेति वा सूत्रनेती
–अनुहारको मालिस
–अनुहारको वाष्पस्नान
–नास्य, शिरोवस्ती र शिरोधारा
–उष्णपादस्नान
–एक्युपंचर, एक्यूप्रेशर र रिफ्लेक्सोतोजी विधि

आहार सम्बन्धी जानकारीः

१) प्रशस्त मात्रामा खानु पर्नेः–

–हरियो सागसब्जी, फलफूल, अंकुरित अन्न वा गेडागुडी
–हर्वल चिया, कागती र मह र ज्वानोको रस तुल्सीको पातको रस र मह
–भिटामिन बी–१२ र भिटामिन सि युक्त खाना तथा फलफूल आदि

२) कम मात्रामा खान हुनेः–

–चिसो गर्ने परिकार जस्तैः– गुन्दु्रक, तामा, इस्कुस, अमिलो दहि मासको दाल आदि ।
–धुम्रपान, मद्यपान, सुर्ती जन्य पदार्थ नखाने
–कोल्डड्रिंक, बोतलबन्द परिकार, मैदाबाट बनेका परिकार, गुलिया खाद्य वस्तु यो रोगका
लागी मैत्री खाना होइनन् ।

(गैह्रे प्राकृतिक स्वास्थ्य अस्पताल र बेलनेस अस्पतालका डाक्टर हुन ।)

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment