|
|
१. पिसाबमा समस्या – छिटो–छिटो पिसाब लाग्नु, पिसाब गर्दा दुख्नु, पोल्नु, पिसाब रोक्न गाह्रो हुनु यो प्रोस्टेड क्यान्सर वा प्रोस्टेट ग्रन्थिको आकार ठूलो हुनुको संकेत हो ।
२. अण्डकोषमा परिवर्तन – अचानक अण्डकोष सुन्निनु, भारी महशुस हुनु वा कुनै परिवर्तन महशुस हुनु पनि अण्डकोष वा प्रोस्टेट क्यान्सरको संकेत हो ।
३. पिसाबमा रगत देखिनु – पिसाबमा रगत देखिएमा यो ब्लड वा किड्नी क्यान्सरको संकेत हो ।
४. दिसामा रगत देखिनु – दिसामा रगत देखिएमा मलद्धारका नली सुन्निएको, ब्लड, वा किड्नी क्यान्सरको संकेत हो ।
५. छालामा परिवर्तन – छालामा कुनै दाग, तिल वा कालो रंगमा कुनै परिवर्तन आएमा छालाको क्यान्सरको संकेत हुनसक्छ ।
६. लिम्फ ग्रन्थिमा परिवर्तन – लिम्फ गन्थि सानो हुन्छ, जुन गर्दन र शरीरको केही भागमा रहेको हुन्छ । यसले हामीलाई जाडोबाट बचाउँछ । शरीरमा क्यान्सर सेल्स बढेमा यसको काम गडबढ हुन जान्छ । यस्तो अवस्थामा घोक्रोमा संक्रमण वा शरीर सुनिने समस्या हुन्छ । यदि यो समस्या ४–५ दिनसम्म चलिरह्यो भने बेवास्ता नगर्नुहोस् ।
७. निल्न गाह्रो हुनु – खाना निल्न गाह्रो महशुस भएमा र अचानक तौल कम भएमा वा वान्ता हुने समस्या भएमा यो घाँटी वा पेटको क्यान्सर हुनसक्छ ।
८. मुटु पोल्नु – गलत भोजन वा तनावका कारण हार्टबर्न अर्थात् मुटु पोल्ने समस्या हुन्छ । तर, लामो समयसम्म यो समस्या भइरह्यो भने, यो पेट वा घाँटीको क्यान्सरको संकेत हुन सक्छ ।
९. मुखमा – यदि तपाई धुम्रपान गर्नुहुन्छ भने मुखमा क्यान्सर हुन सक्छ । मुखको भित्री भाग वा ओठमा सेतो वा रातो रंग देखिएमा यसलाई बेवास्ता नगर्नुहोस् ।
१०. वजन घट्नु – भोजन वा व्यायाममा कुनै परिवर्तन नगरिकनै वजन कम हुन थालेमा यसलाई सामान्य नसम्झनुहोस् । यो प्यानक्रियाज, पेट वा फोक्सोको क्यान्सरको संकेत हुनसक्छ ।
यी माथीका संकेतहरु अन्य रोग लाग्दा पनि शरिमा देखिने गर्छन्। लामो समयसम्म यस्ता संकेत देखिएको छ भने स्वास्थ्य जाँचको लागि जानु उपयुक्त हुन्छ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment