Tuesday, February 28, 2017

प्रधानमन्त्रीबाट सम्बोधनः निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ ।

सिंहदरबारस्थित कार्यालयबाट आज साँझ ५ बजे विशेष पत्रकारसम्मेलन गरी प्रधानमन्त्री दाहालले सबै राजनीतिक दललाई आगामी वैशाख ३१ मा हुने तय भएको स्थानीय निर्वाचनमा सहभागी हुन आह्वान गर्नुभएको हो ।

उहाँले मुलुकमा विद्युत्भार कटौती, भूकम्पपछिको पुनः निर्माणमा र राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता तथा आर्थिक सामाजिक सुधारका कार्य जारी रहेको पनि बताउनुभयो । रासस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment