|
|
हालै, मंगल ग्रहमा ठूलो चम्चा भेटिएको खबर छ। यो नासाले पठाएको रोभरले मंगल ग्रहमा भेट्टाएको दोस्रो चम्चा हो । यस्ता मानवीय वस्तु जस्ता देखिने चीज भेटिनाले मंगल ग्रहमा मानव बस्ती विकास गर्न सम्भव छ भन्ने एलियनमा विश्वास गर्ने जमातको विश्वास बलियो हुँदै छ।
सोमबार यूट्युवमा मंगल ग्रहमा चम्चा भेटिएको र अगाडिको सभ्यताका मानवले छोडेको हुन सक्ने बयानसहित एक भिडियो अपलोड गरिएको छ ।
जसमा मंगल ग्रहमा मानवीय बस्ती बसाउन सकिने कुराको प्रमाण भन्दै धेरैले प्रतिक्रिया दिएका छन् । यद्यपी, केहीले भने भ्रम हुनसक्ने प्रतिक्रिया दिइरहेका छन् ।
मंगल ग्रहमा यस्ता चीज भेटिएका, विभिन्न आकृति देखिएका खबर आइनै रहन्छन्। वैज्ञानिकहरु मंगल ग्रहमा पहिले जीवनको अस्तित्व थियो भन्नेमा विश्वास गर्छन्। भलै यसबारेका कुनै प्रमाण भेटिएको छैन। तर मंगलग्रहको वायुमण्डल एकाएक ह्रास भएको र त्यहाँको जीवन समाप्त भएको बारेमा वैज्ञानिकहरु अहिले पनि अनुसन्धान गर्दै छन्।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment