|
|
बिहानै उठेर चिया वा कफिको ठाउँमा लौकाको रस पिउँदा स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । लौकाको फिक्का स्वादले गर्दा नराम्रो लाग्ला तर, फाइदा थाहा पाएपछि अस्वीकार गर्न गाह्रो हुन्छ ।
१) शक्तिको लागि
यदि तपाई विहानै उठेर काम गर्नुहुन्छ भने लौकाको रस पिउनुस् यो धेरै फाइदाजनक छ । यसमा कार्बोहाईड्रेट पाईन्छ जसले मांसपेशीहरुको काम गर्ने क्षमता बढाउछ ।
२) युरिन ईन्फेक्सनमा फाइदा
यदि तपाईलाई युरिन डिस्चार्ज गर्ने बेला जलन वा दुख्ने महसुस हुन्छ भने लौकाको रस पिउनुस यो फाइदाजनक छ । युरिनमा एसिडको मात्रा बढी हुनाले जलन वा दुख्ने हुन्छ, जब लौकाको रस पिउने गरिन्छ यसले अम्लियतालाई कम गर्छ र जसले जलन वा दुख्ने समस्यालाई पनि कम गर्छ ।
३) शरिरभित्रको फोहोरलाई सफा गर्ने
खाली पेट लौकाको रस पिउनाले तागत र शक्ति प्राप्त हुन्छ । लौकाको रसमा ९८ प्रतिशत पानी र बाँकी एन्टी एक्सीडेन्ट्स हुन्छ, जो शरिरभित्रको टक्सिनलाई बाहिर निकाल्छ र जसले गर्दा भित्री शरिरको फोहोर सफा हुन्छ ।
४) वजन घटाउनमा मद्दत
लौकाको रसमा क्यालोरी र चिल्लो बराबर हुँदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।
५) कब्जियतको बिरामीको लागि फाइदाजनक
यदि कब्जियतको बिरामीले दैनिक बिहानै उठेर लौकाको रस पिउछ भने लौकाको रसमा पाईने फाइबरले पाचन प्रक्रियालाई दुरुस्त बनाउँछ ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment