Thursday, February 16, 2017

६ गल्ती जसले तपाईको ओठ कालो बनाउँछ

महिला होस् वा पुरुष सबै आफ्नो ओठ गुलाबी होस् चाहन्छन् । तर, दिनभरको गतिविधिमा हामी केही यस्ता गल्ति गर्छौ, जसले ओठ कालो बनाइरहेको हुन्छ । जान्नुहोस्, ती ६ गल्ती:

कफि पिउनु – दिनभरमा १ वा २ पटक कफि पिउनु ठिकै हो, तर योभन्दा बढी पिउँनाले यसमा रहेको क्याफिनले ओठलाई विस्तारै–विस्तारै कालो बनाउँदै लान्छ ।

कम पानी पिउनु – कम पानी पिउनाले डिहाइड्रेसन हुन्छ। यही कारण ओठ सुक्न थाल्छ र कालोपन आउँन थाल्छ ।


दाँतले टोक्नु – केही व्यक्तिको दाँतले ओठ टोक्ने वा रगड्ने बानी हुन्छ । यसो गर्नाले ओठमा सुख्खापन आउन थाल्छ र ओठमा कालोपन आउन थाल्छ ।

धुम्रपान – चुरोटमा रहेको निकोटिनले ओठको छालालाई डढाईदिन्छ । यसले ओठ कालो हुन थाल्छ ।

एन्टिबायोटिक औषधि – लामो समयसम्म एन्टिबायोटिक औषधि खाइरहेमा शरीरमा यसको नराम्रो असर पर्न थाल्छ र ओठ कालो हुँदै जान्छ ।

रासायनिक पदार्थ – रासायनिक लिपिस्टिक वा लिप बाल्म लगाउनाले ओठमा नराम्रो असर पर्छ र ओठमा कालोपना आउन थाल्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment