Sunday, February 19, 2017

मह र लसुनको प्रयोग गर्नुस्, यी रोगबाट बच्नुस्

एजेन्सी । मह र लसुनको प्रयोग भइरहेको हुन्छ । यिनको फाइदाबारे हामी केही जानकार पनि हुन सक्छौं । महमा एन्टिबायटिक, एन्टिब्याक्टेरियल गुण र लसुनमा एलिसिन र फाइबर हुने हुँदा धेरै प्रकारको पोषक तत्व पाइन्छ ।

तर, तपाईलाई यी दुबै चिज मिलाएर खाएमा मानव स्वास्थ्यका लागि के फाइदा पुर्याउँछ भन्ने थाहा नहुन सक्छ । महमा डुबाइएको लसुन खाएमा धेरै किसिमका रोगबाट बच्न सकिन्छ । यो एक किसिमको सुपर फुड हो ।

शरीरमा भएको संक्रमणलाई पनि हटाउँछ । यदि तपाईले ७ दिनदेखि महमा डुबाइएको लसुन खानुहुन्छ भने केही दिनमै असर देखिन थाल्छ ।

मुटुका लागि फाइदा
लसुन र महको पेस्ट बनाएर खाएमा मुटुका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवन गरेमा धमनीमा जम्मा भएको बोसोलाई पनि बाहिर निकाल्छ ।

ब्लड सर्कुलेशन ठीक ढंगले हुने गर्छ । जुन मुटुको लागि निकै फाइदाजनक हुन्छ । यी दुइटालाई मिलाएर खाएमा कोलेस्ट्रोल कम हुन्छ ।

दाँतको समस्या हल हुन्छ
मह र लसुनमा रहेको फास्फोरसले दाँत मजबुद बनाउँछ । यसले दाँत सम्बन्धित सम्पूर्ण रोग लाग्नबाट बचाउँछ । घाँटीको दुखाई र सुन्निने समस्या हट्छ

मह र लसुनको पेस्टमा एन्टिइन्फ्लेमेन्टरी गुण पाइन्छ । यसको सेवन गरेमा घाँटीमा हुने दुखाई, सुन्निने समस्याबाट आराम मिल्ने छ ।
यसको प्रयोग गरेमा प्रतिरक्षा प्रणाली बलियो हुन्छ र विभिन्न किसिमका रोग लाग्नबाट बच्न सकिन्छ ।

झाडापखाला
यदि तपाईलाई पटक–पटक झाडापखालाको समस्या हुन्छ भने मह र लसुनको पेष्ट प्रयोग गर्नुहोस् । यसको सेवन गरेमा पाचन प्रणाली ठीक ढंगले काम गर्न थाल्छ भने पेट सम्बन्धि कुनै पनि संक्रमण हुन पाउँदैन ।

फंगल इन्फेक्सनबाट राहत
यी दुईवटामा एन्टिब्याक्टेरियल गुण हुने गर्छ । जसले फंगल इन्फेक्सन हुनबाट बचाउँछ ।

मोटापना घटाउँछ
मह र लसुन मिलाएर सेवन गरेमा शरीरको तौल पनि कम हुन्छ । मोटोपनाबाट पनि छुटकारा मिल्छ ।

चिसोबाट राहत
महमा डुबाइएको लसुन सेवनबाट शरीरमा गर्मी उत्पन्न हुन्छ । यसकारण रुघाखोकी लगायत चिसोबाट लाग्ने रोगहरुबाट बच्न सकिन्छ ।

बनाउने तरिका
लसुनलाई हल्का तरिकाले कुट्ने । त्यसपछि त्यसमा शुद्ध मह मिलाउनुहोस् । यसलाई केही दिनका लागि यस्तो राख्नुहोस् । ताकी लसुनमा पूर्णरुपमा मह लागोस् । यसरी तयार पारिएको पेष्टलाई विहान खाली पेटमा ७ दिसम्म सेवन गर्नुहोस् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment