|
![]() |
तर, यतिले मात्रै समस्या समाधान हुँदैन । चुनाव हारेका नेताहरु पनि समानुपातिक प्रणालीको फाइदा उठाउँदै सांसद बनेर पुनः संसदमा पुग्छन् । फेरि पनि विभिन्न जालझेल गरेर सत्ता परिवर्तनको खेलमा लाग्नेछन् ।
यसको मुल जड भनेकोनै समानुपातिक प्रणाली हो । पिछडिएका जाति र वर्गका नाममा समानुपातिक कोटाको दुरुपयोग भएको छ । यो प्रणाली अब हटाउनुपर्छकी भन्ने महसुश भएको छ ।
संविधानसभाको लागि समानुपातिकबाट सांसद नियुक्त गरिने व्यवस्था बनायौं । तर, अब संविधान बनिसकेको छ । त्यसैले अब समानुपातिक व्यवस्था राख्नुको कुनै अर्थ पनि रहँदैन ।
यदि यो व्यवस्था हटाउने सहमति गर्न कुनै पार्टी मान्दैन भने, त्यो देश र जनताप्रतिको धोका हो । प्रजात्रन्त्रको उपहास हो । जनताको विश्वास नभएको नेता घुमाउँरो बाटोबाट संसदमा प्रवेश गर्नु भनेको राजनीतिक बेमानी नै हो ।
बिगतमा समानुपातिक प्रणालीका नाममा श्रीमती, आफन्त र नजिकका मान्छेलाई सांसद नियुक्त गरिएको उदाहरण हामीसँग छ । त्यति मात्रै भनाई गोल्छा र ल्याहारकाल लामा जस्ताबाट करोडौं रकम लिएर सांसद पद बेचेको चर्चा चलेकै हो । अब पनि त्यस्तो नहोला भनेर कसरी विश्वास गर्न सकिन्छ ?
समानुपातिक प्रणाली नहटाउने हो भने चुनाब हारेका, भ्रष्ट, असक्षम र देशद्रोहीहरु सँधै सत्ता र शक्तिमा रहने छन् । केही नभएपनि चुनाव हारेकाहरू मन्त्री हुन् नपाइने नियम त बनाइयोस् । अथवा प्रतिनिधि सभामा समानुपातिकबाट सांसद नियुक्त गर्न नपाइने तर, राष्ट्रिय सभामा मात्र पाइने नियम हुनुपर्छ । राष्ट्रिय सभामा हुनेहरुले मन्त्री बन्न नपाइने नियम बनाइनुपर्छ ।
नेपाली राजनीतिका पात्र र प्रवृति तिनै पुराना नेताहरुनै हुन् । जसलाई देश विकास सम्बन्धि कुनै ज्ञान नभएपनि कसरी सत्तामा जान सकिन्छ र कसरी सरकार गिराउन सकिन्छ भन्ने कुरामा जानकार छन् ।
नेपाल जस्तो सानो देशमा १० वटाभन्दा धेरै पार्टीको कुनै आवश्यकता छैन । बैंक मर्ज भए जस्तो पार्टीहरु मर्ज हुनु पर्यो । हामीले समानुपातिक प्रणाली हटाउन सकेनौं भने प्रत्येक भाषाभाषी र जातजातीका दलहरु बन्छन् र सँधै अस्तित्वमा रहने छन् ।
धेरै थरि पार्टी, धेरै थरि विचार अनि धेरै थरि माग र धेरै थरि बखेडा हुन्छ । नेपालमा भएका पार्टीहरुको विचार कम्तीमा तीन भागमा बाँडियोस् न कि १० भागमा । बहुमतीय प्रणाली ठीक हो भने समानुपातिक व्यवस्था खारेज गर्नुको विकल्प छैन । हो, अल्पमतको विचारको पनि कदर गरिनुपर्छ । समानुपातिकका नाममा चुनाव हारेका र अल्पमतमा परेकाहरुले शासन गर्ने वातावरण भने बन्नु हुँदैन ।
बहुमत जनताको भावनाको कदर गर्नुनै प्रजात्रन्त्रको सुन्दरता हो । देशको प्रगति र उन्नतिको मार्ग चित्र बनाउने आधार पनि यहि हो । अब, छलकपटको राजनीति होइन परिणाममुखी राजनीति गरिनुपर्छ । किनकि अब जनताले कसले के बोल्यो भन्ने आधारमा होइन कसले के काम गरेको छ भन्ने आधारमा मात्र भोट दिनुपर्छ ।
जनतालाई अब करदाता र मतदाता मात्र बनाउने दिन गए । राजनीति भनेको समाज सेवा हो । टन्न कमाउने र मोटाउने धन्दा पक्कै होइन । राजनीतिमा टिकिरहने हो भने, देश र जनताका भावनाअनुसार परिणाममुखी काम गर्नु पर्दछ । जालझेल गरेर सधैभरि सत्तामा पुग्न सकिन्न । यदि पुगीहाले पनि धेरै दिन सत्तामा टिक्न सकिन्न ।
मेरो जिम्मेवारी के हो ? मेरो कर्तब्य के हो ? म कति इमान्दार छुँ र हुनुपर्छ ? भन्ने बुझेको व्यक्ति हुनु पर्दछ । सधैभरि जनताको आलोचना र गाली मात्र खाएर नेता बन्नुको पनि कुनै अर्थ रहँदैन ।
अब संविधानमा २५ जनाभन्दा धेरै मन्त्रिपरिषद बनाउन नपाइने व्यवस्था राख्नुपर्छ । दुई जनाभन्दा धेरै उप–प्रध्नानमन्त्री राख्न नपाइने नियम हुनुपर्छ । त्यो भन्दा बढी उपप्रधानमन्त्री देशले पनि धान्न सक्दैन । अमेरिका र चीनमा जस्तो दुई पटकभन्दा धेरै प्रधानमन्त्री र राष्ट्रपति बन्न नपाइने नियम हुनुपर्छ ।
बल्ल असक्षमहरुको बैरगमनको बाटो खुल्नेछ । राजनीतिक पार्टीहरुमा पनि २ कार्यकाल भन्दा धेरै अध्यक्ष हुन् नपाइने परिपाटी हुनुपर्छ । बल्ल पार्टीमा सक्षम र युवा नेतृत्वले ठाउँ पाउने छन् । पार्टी नेतृत्व सक्षम भएमात्रै पार्टी राम्रोसंग चल्छन् । पार्टी हाक्न नसक्दे नेताहरुले देश चलाउन हिम्मत कसरी राखुन् । शारीरिक र मानसिक रुपले असक्षम व्यक्तिले देश चलाउने हो भने देशको हालत के होला तपाई विचार गर्नुहोस् ।
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment