Friday, February 17, 2017

तुलसीको पात पवित्र मात्र होइन स्वस्थ पनि हुन्छ, स्वास्थ्यमा यसको फाइदालाई जानिराखौँ…

हिन्दु धर्ममा विष्णु भगवानको प्रतीक मानिने तुलसीको मोठ नेपालका अधिकांश घरहरूमा देख्न सकिन्छ। धार्मिक हिसाबले त यसलाई अति नै पवित्र अनि महत्वपूर्ण मानिन्छ। तर सायद कतिपयलाई यो थाहा छैन होला कि यो त एक जडिबुटी पनि हो।

हरेकको घरमा तुलसीको मोठ बनाउनैपर्ने हिन्दु धर्मावलम्बीहरूको रीतिरिवाज छ या भनौँ नियम छ। तर यसको पनि आफ्नै महत्व छ- वैज्ञानिक खोजबाट यो सिद्ध भएको छ कि, तुलसीको बोटले अन्य रूखबिरुवाले भन्दा बढि मात्रा अक्सिजन फाल्दछ र कार्बडाइअक्साइड लिन्छ। त्यसै गरी पीपलको रूखलाई पनि विष्णु भगवानकै रूप मानिन्छ। गाउँघरको उकालो बाटोमा ठाउँ-ठाउँमा वरपीपलको चौतारी देख्न सकिन्छ। पीपलले पनि अन्य रूखबिरुवाले भन्दा बढि अक्सिजन दिने गर्दछ। त्यसैले नै पीपलको छहारी मुनि बस्दा सबै थकान र दुखाई टाढा भाग्दछ।


मानव स्वास्थ्यमा तुलसीका के-कस्ता फाइदाहरू छन् त?

भनिन्छ, तुलसीको पातलाई चपाउनुहुँदैन, पाप लाग्छ। पाप र धर्म भन्ने कुरा त कर्मले निर्धारण गर्दछ। तर यो यथार्थ हो कि तुलसीको पात चपाउनु हानिकारक हुन्छ। यसमा हुने ‘आर्सेनल’ रसायनले हाम्रो दाँतमा भएको क्याल्सियमलाई सोस्दछ र दाँतको शक्तिमा ह्रास ल्याउँदछ। त्यसैले सबैले यो कुरा विचार पुर्याउनुपर्दछ- तुलसीको पात चपाउनुहुँदैन।Tulsi Moth

यसका फाइदाहरू:-

१. ज्वरो, रुघाखोकी र अन्य सङ्क्रमण

शरीरका आन्तरिक अङ्गमा कुनै ब्याक्टेरियाले सङ्क्रमण गर्दा शरीरको प्रतिरक्षा शक्तिले त्यस ब्याक्टेरियालाई हराउन सकेन भने शरीरले त्यस ब्याक्टेरियालाई मार्नको लागि शरीरको तापक्रम बढाइदिन्छ, जसलाई ज्वरो आएको भनिन्छ। यस्तो अवस्थामा औषधी खानु उचित हुँदैन। बरु ज्वरोको पीडाबाट राहत पाउनको लागि घरेलु विधि अपनाउनु उचित हुन्छ।

यस्तो बेलामा, तुलसीको पात र अदुवा थिचेर २ गिलास पानीसँग उमाल्नुहोस्। त्यो पानी १ गिलास सम्म नघटुञ्जेलसम्म उमालिराख्नुहोस् र हलुका मनतातो भएपछि पिउनुहोस्। यसले ज्वरोको जलनबाट राहत दिनुको साथै रुघाखोकी लागेको छ भने पनि सञ्चो गराउँदछ।


२. मधुमेह

दैनिक विहान उठेर तुलसीको ३ पत्ता पानीसँग निल्नुहोस् (नचपाउनुहोस्)। यसमा हुने एण्टिअक्सिडेण्ट र असल चिल्लो पदार्थले शरीरमा इन्सुलिन उत्पादन गर्ने क्षमताको वृद्धि गराउँदछ। इन्सुलिनले खानेकुराबाट प्राप्त भएको गुलियो पदार्थ र क्यालोरीलाई पचाउन मद्दत गर्दछ र मधुमेहको खतराबाट जोगाउँदछ।


३. मुटुरोग

तुलसीको पातमा ‘यूजेनोल’ नामक असल रसायनिक पदार्थ हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्दछ भने कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रण गर्दछ। विहान उठेर खाली पेटमा ३ पत्ता तुलसी पानीसँग निल्नुहोस्। रक्तचाप नियन्त्रण हुनु भनेकै स्वस्थ मुटु हुनु हो। यसले हृदयघातबाट पनि जोगाउँदछ।


४. तनाव, थकान र चिन्ता

जब हामीले कुनै कुरामा चिन्ता लिन थाल्छौँ, तब हाम्रो शरीरमा ‘कोर्टिसोल’ नामक रसायनिक पदार्थको उत्पादनमा वृद्धि हुन थाल्छ, जसले शरीरलाई थकाउने, रक्तचाप बढाउने अनि रिस उठाउने काम गर्दछ। तुलसीको पातको दैनिक सेवनले शरीरमा कोर्टिसोलको मात्रालाई नियन्त्रणमा राख्दछ, रक्तसञ्चारमा सुधार ल्याउँदछ र तनावको कारण पैदा हुने फ्री राडिकल (क्यान्सर निम्त्याउने तत्व) लाई पनि नष्ट गर्दछ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment