Friday, February 17, 2017

सावधान ! स्मार्टफोनले बनाउँछ कान नसुन्ने बहिरो

काठमाडौं । चर्काे आवाजले कानमा ध्वनी सुन्न नसकिने कमजोर बनाउँछ । तर, स्मार्टफोनले त मान्छेलाई बहिरो बनाउने शोधकर्ताहरुले पत्ता लगाएका छन् ।

स्मार्टफोनबाट चर्काे आवाजमा संगीत सुन्दा कानमा सुन्ने क्षमताको कमी हुने र बहिरो समेत हुन सक्ने कुरा पत्ता लागेको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको रिपोर्टमा विश्वमा करिब एक अरब मान्छे बहिरोको जोखिममा छन् ।

संसारमा अधिकांश मान्छेहरु स्मार्टफोनमा संगीत सुन्ने भएकाले चर्काे स्वरले कानको जालीमा असर गर्ने र सुन्ने क्षमता घटाएर बहिरो बनाउने रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा भनिएको छ-‘स्मार्टफोन र एमपी थ्री प्लेयर सँगै अहिले बजारमा आएको इयरफोनमा बाहिर नसुनिने भएकाले प्रयोगकर्ताहरु सहरको गल्लि गल्तिमा ठुलो स्वरमा स्माटफोन वा एमपी थ्री बजाउने गर्छन् । तर यो कानका लागि निक्कै हानिकारक हो ।

कानले सुन्ने सामान्य अवाज ६० डेसिबल हुन्छ । ८५ डेसिबल भन्दा बढी आवाज आठ घण्टापछि र १०० डेसिबल भन्दा बढी आवाज १५ मिनटमा कानको श्रवण क्षमतामा नकारात्मक प्रभाव ल्याउँछ ।

यो समस्याबाट मुक्त हुन ध्वनी अवरोधित गर्ने इयरफोन प्रयोग गर्नुपर्ने रिपोर्टको सुझाव छ । जसले ध्वनीलाई अधिकतम निन्त्रण गर्छ । एजेन्सी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment