Tuesday, February 28, 2017

धनकुटामा मधेसी मोर्चाका जिल्ला नेता एमालेमा प्रवेश, नेम्वाङले गरे स्वागत

धनकुटा, १७ फागुन । पछिल्लो समय नेकपा एमालेमा प्रवेशको लहर चलेको छ । यो लहर तराई मधेसदेखि प्रवाससम्म पुगेको छ ।

यसैक्रममा सोमबार धनकुटामा मधेसी मोर्चामा आबद्ध जिल्ला नेता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले धनकुटाले आयोजना गरेको ४ महिले संबिधान कार्यान्वयन अभियानको समापन कार्यक्रममा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम धनकुटाका सचिवालय सदस्य दलबहादुर इङ्नाम एमालेमा प्रबेश गरेका हुन् ।

एमाले धनकुटाका पार्टी अध्यक्ष राजेन्द्र राईका अनुसार इङ्नामलाई एमाले संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे । इङ्नामसँगै कांग्रेस र माओवादी केन्द्रबाट पनि थुप्रै एमाले प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गर्दै मधेसी मोर्चाका जिल्ला नेता इङ्नामले आफ्नो पार्टीले क्षेत्रीयता र जातियताको नारा बोकेको र राष्ट्रिय हितविपरित गएकाले परित्याग गरेको बताए । उनले राष्ट्र जोगाउने एकमात्र शक्ति एमाले मात्रै भएको बताए ।

जिद्धी त्याग्न मधेसवादी दललाई आग्रह


कार्यक्रममा एमाले नेता नेम्वाङले असन्तुष्ट दलहरुलाई आफ्नो हठ त्यागेर स्थानिय चुनावमा लाग्न आग्रह गरे । ‘सबै दलहरुले आ–आफ्नो निजी स्वार्थ त्यागेकै कारण संविधान बनेको हो’ उनले भने, ‘त्यसैले चुनाव हुने संघारमा माग राखेर अबरोध गर्ने दलहरुले पनि आफ्नो जिद्धि त्याग्नु पर्छ ।’

७० बर्ष पछि ५ बर्ष ८ महिना लगाएर ३१ दलले बनाएको वर्तमान संबिधान बिश्वकै समावेशी बनेकोले यसको कार्यान्वयन सबैको दायित्व भएको नेम्वाङ्गको भनाई थियो ।

एमालेले धनकुटाको ७ स्थानिय तह मध्ये चौबिसे र साँगुरी गढी गाउँपालिकामा अभियान चलाएको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment