Wednesday, February 22, 2017

सुत्ने कोठा कस्तो हुनुपर्छ ? यी सामान नराख्नु होला पलङ मुनी

काठमाडौं । सुत्ने कोठा हाम्रो जीवनको महत्वपूर्ण स्थल हो । यहाँ हामीले दिनको २४ घण्टा मध्ये कम्तिमा ६ घण्टा भन्दा बढि नै विताउँछौं । अधिकाँश घरमा सुत्ने खाट वा पलङ मुनी विभिन्न चिज राख्ने चलन हुन्छ ।

तर यस्तो गर्नु बास्तु शास्त्रको दृष्टीले खराब मानिएको छ । सके सम्म सुत्ने बेडको मुनी राख्ने चिजको विषयमा सावधानी अपनाउनु पर्ने हुन्छ । खासगरी केही चिज त पलङ मुनी राख्नै नहुने बास्तु शास्त्रको भनाइ छ ।

शयनकक्षमा विभिन्न बास्तु दोष हुने हुँदा मानिसहरुलाई निद्रा नलाग्ने र अन्य समस्या आउने बताइन्छ । यसका लागि पनि सुत्ने पलङ मुनी राख्ने सामानको विषयमा विचार पुर्‍याउनु पर्ने हुन्छ ।

के के राख्नु हुँदैन पलङ मुनी ?

सुत्ने पलङमुनी गह्रौं बस्तु नराख्नुस् । यस्ले पलङ मुनी फोहोर मात्र गर्दैन । बास्तुको हिसावले तपाइँलाई तनाव पनि दिन्छ । त्यसैगरी धातुका सामग्री पनि सुत्ने पलङ मुनी राख्नु हुँदैन । खिया लाग्ने चिज सुत्नेस्थलमा हुनु घातक मानिन्छ ।

सुत्ने पलङमुनि फोहोर पनि राख्नु हुँदैन । पलङमुनी फोहोर हुनु पनि नराम्रो मानिन्छ । सुत्दा ओड्ने च्यादर वा सिरानी पनि फोहोर हुनु नराम्रो मानिन्छ । यदि सयन कक्षमा ढोका छ भने त्यसलाई बन्द नै गरेको राम्रो मानिन्छ ।

यी चिजहरुले अविवाहित ब्यक्तिको मनमा पनि विभिन्न नकारात्मक भावना आउने र गलत कार्य गर्ने खतरा रहेको बास्तु शास्त्रीहरुको दावी छ । विवाह पछि पनि यस्ता कुराले विभिन्न समस्या ल्याउन सक्छ ।

बास्तु शास्त्र सकारात्मक र नकारात्मक उर्जाको सिद्दान्तमा आधारित हुन्छ । नकारात्मक उर्जा हुने गरी सामानहरु राखियो भने मनमा तनाव हुने र शारीरिकरुपमा पनि असहजता पैदा हुने बताइन्छ ।

सकारात्मक उर्जाका लागि बास्तुमा ध्यान दिनु पर्छ । छोरा छोरीको विवाह भएन भने पनि पलङमुनि राखिएका बस्तु हटाउँदा उनीहरुको विवाह हुने दावी बास्तु शास्त्रीहरुको छ ।

#दुर्गा_ज्योतिष_सेवा_केन्द्र

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment