Wednesday, February 22, 2017

मुटु र अन्य भयानक रोगबाट बचाउने ‘ग्रीन टी’

हाम्रो नेपाली समाजमा संस्कारका रुपमा दैनिक चिया खाने संस्कारका साथ हुर्किरहेका छौ, दुध, चिनी, चियापत्ति र मरमसला मिसाएर पकाएको चिया पिउने गर्दर्छौ । अझ घरमा कोही पाउना आउँदा वा साथीभाईसँग कही कतै भेट्दा पनि चिया खाउन भन्ने प्रचलन पनि कायम नै छ । जुन चिया स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ, र हाम्रो शरीरमा रोग निम्त्याउनमा ठूलो भूमिका खेल्दछ, जुन खाने संस्कार छ, त्यो चिया हटाएर हामीले ग्रीन टी पिउने गरेमा धेरै किसिमका रोगबाट बच्न सक्छौं । हालै गरिएको एक नयाँ अध्ययनमा ग्रीन टी ले मानिसहरूको मुखको क्यान्सरसंग लड्नमा मद्दत पुग्ने कुराको खुलासा भएको छ ।

पेनसिल्भेनिया स्टेट यूनिभर्सिटीका खाद्य वैज्ञानिकहरूले बताए अनुसार ग्रीन टी मा पाइने एक तत्वले यस्तो प्रक्रिया शुरू गर्नमा सक्षम रहेको पाइएको छ, जसले स्वस्थ कोशिकाहरूलाइ छोडेर क्यान्सरग्रस्त कोशिकाहरूलाइ मार्ने काम गर्दछ ।

अनुसन्धानकर्ता भन्छन् जैविक हरियो चिया पिउने गरेमा मुटु लगायत अन्य भयानक रोगहरुबाट बच्न सकिन्छ । चियामा दुध राखेर पिउने गर्दा रक्तनलीमा चियाबाट सुरक्षित गर्ने चियाको गुणहरु नै खत्तम गरिदिन्छ । चिया धेरै पिउने देशहरुमा मुटु रोग घटेको देखिएको  छ । चियामा दुध र मसला राख्नुको सट्टा कागती राख्नु राम्रो हुन्छ ।

वैज्ञानिकहरूका अनुसार यस अनुसन्धानबाट मुखको क्यान्सकार साथै अन्य क्यान्सरको उपचारका लागी पनि नयाँ बाटो खुल्ने सम्भावना बढेको छ । ग्रीन टी मा पाइने एपिगेलो केटचिन गेलेट ईजीसीजी मा क्यान्सरग्रस्त कोशिकाहरुलाई मार्ने क्षमता हुन्छ । सहायक प्रोफेसर जोशुआ लेम्बर्टका अनुसार यद्यपी, अहिले सम्म वैज्ञानिकहरूले ईजीसीजी को यस क्षमताको कारण भने जान्न सकेका छैनन । आखिर यसले स्वस्थ कोशिकाहरूलार्इ छोडेर मात्र क्यान्सरग्रस्त कोशिकाहरूलार्इ नै किन मार्दछ भन्ने कुरा पत्ता लागाउने कोशिश भैरहेको बताइन्छ ।

दैनिकजसो धेरै चिया वा कफि पिउने गरेमा मुटु रोगको खतरा एक तिहाइ कम हुने कुरा हल्याण्डका अनुसन्धानकर्ताहरुले बताएका छन् । अनुसन्धानकर्ता भोनी भान रक भन्छन्– ग्रीन टी र कफी पिउन रुचाउनेहरुलाई एकदमै राम्रो कुरा हो । अनुसन्धानकर्ताहरुले ४० हजार मान्छेको चिया पिउने बानीको अनुगमन गरेर पिउने गरेको चिया र कफिको मात्रासगँ तुलनात्मक अध्ययन गरेका थिए । उनीहरुको अनुसन्धानबाट के प्रमाणित भयो भने दैनिक ६/७ कप हरियो चिया पिउने मानिस मुटु रोगबाट मर्ने खतरा ४५ प्रतिशत कम हुन्छ । चिया वा कफि बढी पिउने मान्छे मुटु रोगबाट सुरक्षित हुन्छन्, तर धेरै दुध मिसाएको चिया पिउने गरेमा सुरक्षा कम गर्दछ । दैनिक ६ कपभन्दा बढी हरियो चिया पिउने मान्छेले मुटु रोगबाट ज्यान गुमाउने खतरा ३६ प्रतिशत कम हुने भनाई अनुसन्धान कर्ताहरुको छ । यस अनुपातमा दैनिक चार कप पिउने गरेमा २० प्रतिशत सुरक्षा मिल्ने कुरा बताएका छन् । त्यस्तै चिया वा कफी फिक्का पिउने गरेमा अझ राम्रो हुने कुरा अनुसन्धानकर्ताहरुले दिएका छन् । अभ, जैविक हरियो चिया पिउने गरेमा मुटु लगाायत अन्य भयानक रोगहरुलाई समेत राम्रो गर्ने बताइएको छ ।

चियामा दुध राखेर पिउने गर्दा रक्तनलीमा चियाबाट सुरक्षित गर्ने चियाको गुणहरु नै खत्तम गरिदिन्छ । चिया धेरै पिउने देशहरुमा मुटु रोग घटेको देखिएको छ । चियामा दुध र मसला राख्नुको सट्टा कागती राख्नु राम्रो हुन्छ । शरीर स्वस्थ राख्नका लागि पोलिफेनोल्स भएको आहार दैनिक खानु राम्रो हुन्छ । पोलिफेनोल्स शरीरमा छोटो समय मात्र सक्रिय रहने भएकोले दैनिक आहारमा पोलिफेनोल्स भएका खाद्य वस्तु खाने गर्नुपर्छ । पोलिफेनोल्स भएका खाद्य वस्तु खाए लगत्तै रगतमा यसको स्थर उच्च हुन्छ र त्यसपछि शरीरका अंगहरुले अवशोषित गर्नाले पोलिफेनोल्सको मात्रा चाँडै घट्छ । केही पोलिपेनोल्स रक्त संचार प्रणालीमा पुग्न सक्दैनन् र पाचन प्रणालीमा समाहित हुन्छन् । तर यसबाट पनि फाइदा पुग्छ पाचन प्रणालीमा समाहित पोलिफेनोल्सबाट आन्द्राको क्यान्सरबाट बच्न सहयोग मिल्छ । अप्रशोधित फलफूल, तरकारी र गेडागुडी र सागपातमा पोलिफेनोल्स पाइन्छ ।

हामीले दैनिक खाने गरेको चिया स्वास्थ्य वा गुणकारी भन्दा बजारमा पाइने सस्तो मूल्य र कम गुणस्तरको चिया प्रयोग गर्ने गरेका छौ । हामीले हरियो जैविक चियाको बारेमा त कहिल्यै सुन्यौ न त प्रयोग नै ग्यौ । त्यसैले हामीले सामान्य चियासँग तुलना गर्ने गरेका छौ ।

हामीले दैनिक खाने गरेको चिया स्वास्थ्य वा गुणकारी भन्दा बजारमा पाइने सस्तो मूल्य र कम गुणस्तरको चिया प्रयोग गर्ने गरेका छौ । हामीले हरियो जैविक चियाको बारेमा त कहिल्यै सुन्यौ न त प्रयोग नै ग्यौ । त्यसैले हामीले सामान्य चियासँग तुलना गर्ने गरेका छौ । जस्तै

– (Black Tea, Fermented Tea) (Oolong Tea, Semi Fermented Tea) (Green Tea, Non Fermentation) ।

यि चियाहरुमध्ये ग्रीन टी उच्च पहाडी भूभागमा रहेको बगानबाट उत्पादित कोमल मूनाहरुलाई फर्मेन्टेशन नगरी प्राकृतिक तरिकाले वाष्पिकृत गरी उत्पादन गरीएको चिया हो । यो प्राङ्गारिक चिया (Camellia zinentzis) प्रजातिको उतकृष्ट चिया हो । यो चिया उत्पादन गर्ने क्रममा बगानमा कुनै पनि रासायनिक मलहरु तथा विषादीहरुको प्रयोग नगरी विशुद्ध प्राङ्गारिक मल र रोग तथा किरा नियन्त्रणका लागि जैविक उपायहरु अवलम्बन गरिएको हुन्छ । चिया प्रशोधन गर्दा पनि कृत्रिम रंग तथा बासनाको प्रयोग गरिँदैन । संसारभरि जैविक (Organic Agriculture)लाई अनुगमन र निरीक्षण गर्ने छाता संगठन (IFoam) बाट मान्यता प्राप्त ११० राष्ट्रहरु मध्ये (NASAA, JAS / USDA) ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment