|
![]() |
एजेन्सी। तपाईं चुरोट तान्नु हुन्छ ? चुरोटले तपाईंको स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले सकेसम्म चुरोट त्याग्नुहोस् ।
चुरोटबाट बच्नका लागि पहिलो उपाय त्याग्नु नै हो । चुरोटमा पाइने निकोटिनको कुलत रसायनले धेरैलाई चुरोट छोड्न गाह्रो हुन्छ ।
चुरोटको सिधा असर मांशपेशी, स्नायु कोष र स्मरण शक्तिमा पर्छ । यसरी संवेदनशील अंगमा प्रहार गर्ने चुरोटको निकोटिनले रक्तचाप र मुटुको चालमा समेत असर गर्छ । विशेष गरी चुरोट तान्नाले रक्तचाप र मुटुको चाल बढ्छ । चुरोट तान्नेहरुलाई कुलत छोड्न अत्यन्त गाह्रो हुन्छ ।
त्याग्नु नै उपयुक्त उपाय भए पनि त्याग्न नसक्नेले हानी कम गर्ने उपाय अपनाएमा स्वास्थ्यमा सामान्य सुधार आउन सक्छ । हानी कम गर्ने वैज्ञानिक विधि छैन ।
घरायसी विधि नै उपयुक्त हुने गरेको छ । चुरोटले शरीरमा निकोटिनको मात्र बढाउने हुनेले त्यसलाई कम गर्न विभिन्न उपाय अपनाउन सकिन्छ ।
यसका लागि सबैभन्दा उपयुक्त फलफूल सुन्तला हो । चुरोटबाट हुने हानी कम गर्न सुन्तला सँगै ब्रो काउली, अदुवा, पालुंगो, गाजर, कागती, अनार खानु उपयुक्त हुन्छ । प्रशस्त सुन्ताला खाएमा निकोटिनको तलतल कम हुन्छ भने ब्रो काउलीमा भिटामिन सी र बी पाइन्छ ।
यसले फोक्सोलाई निकोटिनले गर्ने असरबाट केही हदसम्म जोगाउछ । धेरैले विभिन्न औषधिका रुपमा प्रयोग गर्ने अदुवाले समेत शरीरमा उत्पन्न हुने विकार फाल्न सहयोग गर्ने गर्दछ ।
अदुवाले निकोटिनबाट शरीरमा उत्पन्न हुने विकारलाई नियन्त्रण गर्न सहयोग गर्छ । त्यत्तिमात्र नभई अदुवाले रक्तनलीमा हुने विषादीलाई समेत हटाउन महत्वपूर्ण काम गर्छ ।
भान्सामा धेरै प्रयोग हुने गाजरमा भिटामिन सी र भिटामिन एले मानिसलाई मानसिक स्फूर्ती प्रदान गर्दछ । धुम्रपानबाट शरीरमा कम भएको भिटामिन सी र एबाट हुने असरबाट गाजरले जोगाउने गर्छ । सँगै, कागती समेत धुम्रपानबाट हुने असर कम गर्ने महत्वपूर्ण फल हो ।
कागतीले निकोटिनका कारण छालामा देखिएको रोगलाई कम गराउछ । कागतीमा पाइने भिटामिन सीले निकोटिनसँग जुद्धने क्षमताको विकास गर्छ ।
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment