|
|
बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आइतबार भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएकाहरुको परिवारलाई जनही १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको स्थानीय विकासमन्त्री हितराज पाण्डले जानकारी दिए । उनका अनुसार सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने छ ।
बैठकले घटनाबारे अध्ययन गर्न गृह मन्त्रालयले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गर्दै १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । सम्बन्धित व्यक्तिसँगको सल्लाहमा गृह मन्त्रालयले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका उच्च अधिकारी सम्मिलित आयोग बनाउनेछ ।
मेची महाकाली अभियानअन्तर्गत एमालेको कार्यक्रम बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा राजविराजमा चार जनाको मृत्यु भएको छ ।
बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपील समेत गरेको छ ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment